लुम्बिनीमा भारतीय पर्यटकमा वृद्धि

काठमाडौं, २३ साउन । बुद्वको जन्मस्थल लुम्बिनी आउने भारतीय पर्यटकको संख्या बढ्दै गएको छ । लुम्बिनीको विषयमा भारतमा फरक खाले धारणा रहे पनि पछिल्लो पाँच वर्षयता लुम्बिनी आउने भारतीय संख्या बढ्दै गएको छ ।

सन् २०१२ देखि लुम्बिनीमा भारतीय पर्यटकको संख्या वृद्वि हुँदै आएको हो । लुम्बिनी विकास कोषको तथ्यांकअनुसार सन् २०११ मा जम्मा ६३ हजार भारतीय लुम्बिनी घुम्न आएका थिए ।

उक्त तथ्यांकमा अर्काे वर्षदेखि दोब्बर वृद्वि भएको छ । सन् २०१६ मा एक लाख २० हजार भारतीय लुम्बिनी आएका थिए । लुम्बिनी आउने भारतीयमध्ये सबै भन्दा बढी उत्तर भारतका छन् ।

लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार सिक्किम, अरुणाञ्चल, हिमाञ्चल प्रदेशका नागरिक तीर्थाटनका लागि लुम्बिनी आउने गरेका छन् । भारतका अन्य क्षेत्रबाट आउने पर्यटक नुम्बिनीसँगै पहाडको अनुभूति गर्न पाल्पाको तानसेन र गोर्खाको कुटिनटारमा केबलकार चढ्न पुग्ने गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com