मधेशवाणी पुनः ‘क’ वर्गमा

काठमाडौं, २४ साउन । राष्ट्रिय एकता, राष्ट्रियता र मधेशवादप्रति समर्पित रही विगत १४ वर्षदेखि निरन्तर प्रकाशित भइरहेको राष्ट्रिय साप्ताहिक मधेशवाणी पुनः ‘क’ वर्गमा पर्न सफल भएको छ ।

आ.व. २०७२/७३ र २०७३/७४ को प्रेस काउन्सिल नेपालको पत्रपत्रिका वर्गीकरण प्रतिवेदन पत्रपत्रिका वितरण सम्परीक्षण समितिअनुसार मधेशवाणी पुनः ‘क’ वर्गमा पर्न सफल भएको हो ।

नतिजा अनुसार आ.व. २०७२/०७३ मा वर्गीकरणका लागि आवेदन गर्ने ९१३ पत्रपत्रिकामध्ये ८२६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन् भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले ८७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।

त्यस्तै आ.व. २०७३/७४ मा आवेदन गर्ने ९५३ पत्रपत्रिकामध्ये ८१६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन् भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले १३७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।

उल्लेखित नतिजाउपर पुनरावलोकनको लागि १५ दिन र दोब्बर दस्तुरमा थप ७ दिनको समयमा आधार प्रमाणसहित काउन्सिलमा निवेदन दिन सकिने व्यवस्था गरिएको काउन्सिलले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com