नेपाल–भारत सीमामा संयुक्त गस्ती बढाइने

काठमाडौं, २४ साउन । नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरू समन्वय र संवाद प्रभावकारी बनाउन सहमत भएका छन् । दुई देशका उच्च सुरक्षा अधिकारी सम्मिलित ‘कोअर्डिनेसन समिति’ को नयाँदिल्लीमा सुरु तेस्रो बैठकमा केन्द्रदेखि स्थानीयस्तरसम्म समन्वय गर्ने सहमति बनेको हो ।

बैठकमा सीमापार अपराध नियन्त्रणका लागि औपचारिक संयन्त्र बनाई नियमित गस्ती गर्ने सहमति भएको छ । क्षमता अभिवृद्धिका लागि दुई संगठनले आ–आफ्ना अनुभव साट्ने र अवलोकन भ्रमण गर्ने समझदारी पनि बनेको छ ।

सीमा सुरक्षा दुवै मुलुकको राष्ट्रिय सुरक्षा र सार्वभौमिकतासँग जोडिएका विषय भन्दै बैठकलाई नियमित गरिने भएको छ । यसअनुसार एपीएफ र एसएसबी प्रमुखहरूको ‘कोअर्डिनेसन समिति’ को बैठक वर्षमा एकपटक, बटालियन तहको बैठक ६ महिनामा र चेकपोस्टका नेतृत्व गर्ने अधिकारीहरूबीको बैठक महिनामा एकपटक गर्न दुवै पक्ष सहमत भएका छन् ।

‘कोअर्डिनेसन समिति’ को बैठक चार वर्षयता बस्न सकेको थिएन । सन् २०१२ मा पहिलो र २०१४ मा दोस्रो बैठक बसेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com