बलाधिकृत रथी थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण

काठमाडौं, २४ साउन । प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्पराअनुसार प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहीबार जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापतिको कार्यभार बलाधिकृत रथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् ।

गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको रक्षाका लागि सदा समर्पित भई करिब ४० वर्षसम्म अनवरत रुपमा सेवा गरी प्रधानसेनापतिको उच्च एवं गरिमामय ओहदाबाट प्रधानसेनापति क्षत्रीले भाद्र २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्नेछन् ।

सैनिक परम्परा अनुसार प्रधानसेनापति क्षत्री शुक्रबारदेखि बिदामा बस्ने हुँदा बलाधिकृत रथी पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको सम्पूर्ण कार्यभार बुझबुझारथ गरेका छन् । बलाधिकृत रथी थापालाई मिति २०७५ श्रावण १० गतेको नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम ऐ श्रावण २५ गतेको मितिबाट लागु हुने गरी प्रधानसेनापतिमा कायम मुकायम मुकर्रर गरिएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com