बाइपास सडकमा रहेको सबै खाल्डाखुल्डी महानगरपालिकाद्वारा पुरिँदै

वीरगंज, २४ साउन । वीरगंज महानगरपालिकाले वीरगंज बाइपास सडकमा डोजर चलाएर मर्मतको कामलाई तीव्रता दिएको छ ।

मुलुककै आर्थिकद्वारको रुपमा रहेको वीरगंज भन्सारदेखि गण्डक चौकसम्म रहेको बाइपास सडकको अवस्था अति नै जर्जर भएपनि संघीय सरकारबाट कुनै पहल नभएपछि नगर प्रमुख विजय कुमार सरावगीको नेतृत्वमा प्रमुख प्रशाकीय अधिकृत डा भीष्मकुमार भूसाल, वरिष्ठ प्रशासकीय अधिकृत सुमन श्रेष्ठ लगायतको टोलीले स्थलगत निरिक्षण गर्दै बाटो मर्मत कार्यलाई अगाडि बढाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ नगर प्रमुख विजय सरावगीसंग बाइपास सडक र वीरगंज रक्सौल मितेरी पुलको स्थलगत निरीक्षण गर्दै सबै खाल्डाखुल्डी अविलम्ब पुर्न आदेश दिएको दुइ महिना बितिसक्दा कुनै काम नभएपछि महानगरपालिकाले मर्मतको कामलाई अघि बढाएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com