मुटु अस्पताल बुटबलबाट हजारभन्दा बढी सर्वसाधारणले निशुल्क उपचार

चन्द्रकान्त खनाल, रुपन्देही, २४ साउन । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एक वर्षको अवधिमा १ हजार १ सय ५९ जना गरिब तथा विपन्न वर्गका विरामीले निशुल्क उपचार सेवा लिएका छन् ।

गत आर्थिक वर्ष २०७४/०७५ मा नेपाल सरकारबाट प्रदान गरिएको निःशुल्क सेवा र अस्पताल आफैले उपलब्ध गराएको निःशुल्क सेवाबाट उक्त संख्याका विरामीहरुले सेवा लिएका हुन् ।

अस्पतालका अध्यक्ष एजाज आलमले मुटु र मृगौलाको उपचारमा नेपाल सरकारले उपलब्ध गराउंदै आएको सहयोग र अस्पतालबाट गरी ६ करोड ९९ लाख ८९ हजार ४ सय ६ रुपैया बराबरको उपचार निशुल्क गरिएको जानकारी दिए । जसमध्ये अस्पतालले ५ सय १६ जना गरिब बिरामीहरुलाई ६७ लाख ४२ हजार ६ सय ९५ रुपैयाका निशुल्क उपचार सेवा दिएको छ ।

आर्थिक अभावको कारण कुनैपनि विरामी उपचार लिनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले अस्पतालले परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएका विरामीहरुलाई निःशुल्क उपचार गर्दै आएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com