गौर नगरपालिकाको छुट्टै सुरक्षाकर्मी

राकेश यादव, रौतहट, २५ साउन । गौर नगरपालिकाले नगरवासी र कार्यालयको सुरक्षाका लागि तालिम प्राप्त नगर प्रहरी तयार गरेको छ । नगर क्षेत्रमा हुने विभिन्न किसिमका सुरक्षा कार्यको साथै कार्यालयको रक्षाका लागि नगर प्रहरी तयार गरिएको हो ।

दैवी प्रकोपको घटना, सडक अतिक्रमण हटाउन, वादविवादको समस्या समाधानमा आवश्यक भूमिका खेल्ने तथा आइपरेको बखतमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग मिलेर नगरपलिकाको सुरक्षाको, उद्धार कार्यमा नगर प्रहरीले मिलेर काम गर्न सक्नेछन् ।

जनप्रतिनिधि विहीनताको अवस्थामा बारुण यन्त्रको कार्यको लागि भर्ना गरिएको नगर प्रहरी भएको बेलामा कार्य गर्ने गथ्र्यो । जनप्रतिनिधि निर्वाचित भएर आइसके पछि ९ वटा थप नगर प्रहरी भर्ना गरी छुट्टै पोषाक, खुकुरी, रोल, टोपी, जुत्तासहितको तालिम प्राप्त युवा प्रहरी खडा गरिएको छ ।

कार्यालय परिसरमा बस्ने नगर प्रहरी २४सै घटना तयारी अवस्थामा रहने गरेको नगर प्रमुख अजय कुमार गुप्ताले बताएका छन् । कार्यालय व्यवस्थापनको शिलशिलामा आफ्नो सुरक्षाकर्मी हुनु महत्त्वपूर्ण कुरो रहेको मेयर गुप्ताको भनाइ रहेको छ ।

कार्यालय समयमा कार्यालयमा ड्यूटी बस्ने , नगर क्षेत्रमा गस्ती गर्नुको साथै सार्वजानिक मठ , मंदिरमा सरसफाई गर्ने कार्य गर्दै आएका छन । नगर प्रमुख , उप प्रमुख ,प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको मुख्य गेटमा १० देखि ५ बजे सम्म सुरक्षाकर्मीको भूमिका निर्वाह गर्दै आएका छ ।

नगर प्रहरीको परिचालन गर्नका लागि छूटै १ जना जामदार र टोली कमांडर समेत रहेको छ । कार्यालय समय देखि लिएर बेलुकी ५ बजे पछि कार्यालयमा विना अनुमतिको प्रवेश गर्न नदिने निर्देशन दिइएको प्रमुख प्रसाशकीय अधिकृत सुमन कार्कीले बताएका छन ।

नगरपालिकामा भवन निर्माण , बाटो निर्माण , बाटो अवरुद्ध लगायतको समस्या उत्पन्न भएमा समाधान गर्ने क्रममा विबाद गर्ने अथवा कार्यालयको निर्णय आदेशको पालना नगर्ने शान्ति सुरक्षामा खलल पुग्ने खालका काम गर्नेलाइ पक्राउ समेत गर्नको लागि नगर प्रहरी परिचालन गरिने अधिकृत कार्कीले बताए ।

नगरपालिका कार्यालयमा धूम्रपान तथा सुर्ती जन्य पदार्थको सेवन निषेध गरिएको छ । सेवन गर्नेलाइ १०० रुपैया जरिवाना गरिने सुचना सार्वजानिक समेत गरिएको छ ।

१८ स्थानीय तह भएको रौतहटमा पुरानो नगरपालिकाको रुपमा रहेको गौर नगरपालिका पूर्ण रुपमा व्यवस्थित रहेको छ । मैत्रीपूर्ण बातावरण , लैंगिक सामान ,जेष्ठ नागरिक ,अपांग ,बृद्ध ,असहायलाइ सम्मान पूर्वक सेवा प्रदान गर्ने बानीको विकास भएको देखिएको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुको निगरानीको लागि सीसी कैमरा जडान समेत गरिएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com