ट्रान्ससिप मोडल विशाखापट्टनमबाट

काठमाडौं, २५ साउन । भारतको विशाखापट्टनमबाट वीरगञ्जसम्म हुने आयात निर्यातमा ट्रान्ससिप मोडल लागू गरिने भएको छ । यसका लागि दुई मुलुकबीच समझदारी भएको सैंजूले बताए । ट्रान्ससिप मोडल लागू भएपछि तेस्रो मुलुकबाट नेपाल आउने मालवस्तुको जाँच–पास नेपाल भन्सारमा मात्रै गरे पुग्छ ।

ट्रान्ससिप लागू भएपछि तेस्रो मुलुकबाट नेपालका लागि आएको सामग्रीको जाँचपास विशाखापट्टनम भन्सारमा गर्नुपर्दैन र विनाझन्झट नेपाल आउन सक्नेछ । अहिलेलाई विशाखापट्टनमबाट सुरु भएको ट्रान्ससिप मोडल विस्तारै कोलकाता र अन्य बन्दरगाहबाट समेत लागू गरिने योजना रहेको छ ।

यसैबीच कोलकाता–वीरगञ्ज आउजाउ गर्ने रेल तथा कन्टेनर कार्गोलाई विद्युतीय प्रणालीबाट निगरानी गर्ने योजना तत्काललाई रोकिएको छ । दुई मुलुकबीच रेल तथा कन्टेनर कार्गोमा ‘इलेक्ट्रोनिक ट्र्याकिङ सिस्टम’ राख्न गत जेठमा समझदारी भएको थियो ।

एसियाली विकास बैंक (एडिबी)को वित्तीय तथा प्राविधिक सहयोगमा नेपाल–भारत कार्गोमा ‘इलेक्ट्रोनिक ट्र्याकिङ सिस्टम’ राख्ने परियोजना अघि बढाइएको थियो । एडिबीले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)को व्यापार सहजीकरण रणनीतिअनुसार उक्त पाइलट परियोजनामा वित्तीय तथा प्राविधिक सहयोग गर्नेछ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com