Interview

छिमेकीको रूपमा भारत वरदान हो : अरविन्द्र मिश्र

कम्युनिष्टको सरकार आउँदैमा सम्बन्ध राम्रो हुन्छ भन्न सकिदैन । पार्टीमा भन्दा पनि व्यक्तिमा भर पर्ने कुरा हो । साँच्चै देश विखण्डन गर्ने सोच भएकाले नेतृत्व ग¥यो भने असर त अवश्य गर्छ । हाम्रै देशभित्रका मधेशी साथीहरूलाई अराजकत्व भनेर परिभाषित गरेको छ, भारतसँग पनि सम्बन्ध बिगारेकै हो ।

अबको दिनमा जनसंघर्ष र नयाँ क्रान्तिको आवश्यकता छ : उपेन्द्र यादव

संविधान संशोधन एकचोटि भयो तर त्यसले हामीलाई कुनै अधिकार दिन सकेको छैन । हामी आन्दोलन गछौं क्रान्ति गछौं परिवर्तन ल्याउँछौं र आफ्नो अधिकार आफैं लिन्छौं । हामी कांग्रेस, एमालेबाट अधिकार किन लिने अधिकार त जनताले दिने हो नि त्यसैले अबको दिनमा जनसंघर्ष र नयाँ क्रान्तिको आवश्यकता छ ।

राजपाका लागि उम्मेदवारी फिर्ता : बजरंग नेपाली

अब उम्मेदवारी फिर्ता भएपछि राजपालाई मतदान गर्ने कि नगर्ने भन्ने प्रश्न उब्जिएको छ । स्वभाविक छ, राजपालाई मतदानका लागि उम्मेदवारी फिर्ता लिइएको हो । तर, यसका लागि राजपाले वातावरण बनाउने कि नबनाउने ?

गौरवान्वित हुने वातावरण सिर्जना गर्छु : मनिष सुमन , महासचिव, राजपा नेपाल

राजविराज नगरपालिका यो देशकै एक ऐतिहासिक नगरपालिका हो । म निर्वाचित भएपछि यहाँको पर्यटकीय विकासमा ध्यान दिनेछु, शिक्षामा सुधार ल्याउनेछु, सडकको अवस्थामा सुधार ल्याउनेछु, उद्योग कलकारखानाको निर्माण गर्नेछु

वाम गठबन्धन सत्ता प्राप्तिका लागि मात्र हो – आशा चतुर्वेदी

२०४६/४७ को आन्दोलनदेखि प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आइसक्यो । सबैलाई थाहा छ कि यो सबै सत्ताको लागि भइरहेको खेल हो । आफ्नो राजनीतिक भविष्य सुरक्षित राख्न र परिवारका सदस्यलाई स्थान दिन भएको एउटा सहमति मात्र हो ।

मापदण्ड बिना टिकट वितरण गरेर ममाथि अन्याय गरियो : लक्ष्मण यादव

यसपटक पनि धोका दिने काम गरियो । यहाँबाट सिफारिस गरिएका नेता परिवर्तन गर्ने काम गरियो । म काठमाडौ पनि गएँ, नेताज्यूहरूलाई पनि भेटेँ । तर, उहाँहरूले मेरो गुनासोलाई बेवास्ता गरे । म जनतामाझ बसेर काम गरेको छु ।

माओवादीले मधेशलाई धोका दियो : मृगेन्द्रकुमार सिंह यादव

कम्युनिष्टहरू झुट बढी बोल्छन् प्रचण्डजीले मधेशसँग मेरो लभ परेको छ भन्दै हिड्नुहुन्थ्यो कहाँ गयो अहिले त्यो लभ । त्यो उहाँले तत्कालिन फाईदाको लागि बोल्नुभएको थियो ? अहिले मधेशको सबभन्दा प्रमुख शत्रु एमालेसँग गठबन्धन गरेर आफ्नो फाईदा लागि हिडेँका छन् ।

माओवादीले जनतासँग घात गर्यो : हेमराज राई, उपाध्यक्ष, संघीय समाजवादी फोरम, नेपाल

माओवादीले संविधान संशोधनको पक्षमा मतदान गरेर विगतका कमीकमजोरीलाई सच्याउने प्रयास त गरेको थियो तर निर्वाचनको समयमा पहिचान विरोधी र संविधान संशोधन विरोधी नेकपा एमालेसँग मोर्चाबन्दी गरेर फेरि उत्पीडित नेपाली जनतामाथि घात गरेको छ ।

नक्कली कम्युनिष्टहरूले मधेशलाई हित गर्दैनन् : रिजवान अन्सारी, अध्यक्ष

वामको आवरणमा नक्कली कम्युनिष्ट पार्टीहरू एक ठाउँमा जम्मा हुँदैमा वाममोर्चा बन्दैन । नक्कली कम्युनिष्टहरूको एउटा जत्था छ । यिनीहरूले मधेशीका साथै नेपाली जनतालाई धोका दिँदै आएका छन् ।

भारतको विरोध गरेर राष्ट्रियता बलियो हुँदैन : डा. राजन भट्टराई, सदस्य, नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह

परिचयपत्र सबै नागरिकलाई उपलब्ध गराइसकेपछि मात्रै हामीले यो व्यवस्था लागू गर्ने हो । नेपाली र भारतीय नागरिकसँग परिचयपत्र भएपछि मात्रै त्यस्तो हुन्छ । कतिपय देशहरूमा चिप्स कार्ड हुन्छ ।

कांग्रेस पनि मधेश विरोधी नै हो : डा.डम्बरनारायण यादव ,

इतिहास साक्षी छ, नेपाली कांग्रेसका नेता प्रधानमन्त्री हुँदा मधेशका जिल्लाहरू विभाजित भए । यसले मधेशी जनतालाई शोषण गरेर मधेशी जनताको हकहितका लागि संविधानमा कुनै अधिकार उल्लेख गरेनन् । यस्तो दलले अहिले आएर मधेशी जनताको लागि काम गर्न सक्छ भनेर कसरी विश्वास गर्ने ?

ठूला दलबीचको ध्रुवीकरण सकारात्मक नै हो : श्रीकृष्णअनिरूद्ध गौतम

सबै दलले अहिलेको संरचनालाई स्वीकार गरेका छन् । यो संरचनाका सत्तामा सहभागी हुनुपर्छ भन्ने आकांक्षा सबै दलले लिएका छन् । सत्तामा साझेदार मात्र होइन कि सहभागी नै हुुनुपर्छ भन्ने मनसाय प्रवल भएर आएको छ ।

हामी एमालेमा प्रवेश गरेका छैनौं : पशुपतिदयाल मिश्र

राजपाले हामीहरूलाई उपेक्षित गरेकै हो । यो उपेक्षाविरूद्ध हामीले केन्द्रीय कार्यसमितिमा पनि आवाज उठाएका थियौं । नेतृत्वलाई पनि हामीले सचेत गराएका थियौं । तर, उहाँहरू ध्यान दिनुभएन । पश्चिमको सवालमा नेतृत्वहरू कहिल्यै पनि गम्भीर बनेनन् । त्यसकारण हामीले कुनै न कुनै बाटो लिनै पर्ने थियो ।

बाम एकता राजनीतिक प्रोपोगण्डा मात्र हो : राकेश मिश्र

अहिले कम्युनिष्टहरूको एकताले सत्तामा जानको लागि भएको प्रष्ट बुझिन्छ । अहिलेको अवस्थामा यिनीहरूको लोकप्रियता घट्दै गइरहेको छ । यिनीहरू सत्तामा रहुञ्जेल कुनै राम्रो काम पनि गरेनन् । जनतालाई झुटो आश्वासन बाँडेर जनताको मत लिने काम गरे । तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट जनताले विकास, समानता खोजिरहेको छन् भन्ने बुझियो ।

मधेशवादी शक्तिहरुबीच एकता हुनुपर्ने म्यान्डेट आएको छ : मनिष सुमन

एकीकरणका लागि राष्ट्रिय जनता पार्टीको द्वार सधैं खुला रहनेछ । आगामी दिनहरुमा पनि जनताको आदेशलाई मानेर आन्दोलनमा सँगै जाने दलहरु, मधेशका लागि परिवर्तन चाहने दलहरुसँग एकीकरण गरेर अगाडी जानेछौँ र हाम्रो यो प्रयास जारी रहने छ ।

मधेशमा एमाले कमजोर हुनु स्वाभाविक : सुरेन्द्र महतो

एमाले परिवर्तनको विपक्षमा उभिएको पार्टी हो । मधेशीहरूलाई अनावश्यक गालीगलौज गर्ने, संविधान संशोधनको विपक्षमा भोट हालेर उ झन मधेश विरोधी पार्टीको छवि बनाएको छ । विभेदकारी नीति, एक जातीय राष्ट्रवादलाई प्रश्रय दिँदै एमाले अगाडि बढेको छ र परिणामस्वरूप एमाले मधेशमा कमजोर भएको छ र यसो हुनु अस्वाभाविक होइन ।

राजपाले राम्रो स्थान ल्याउँछ : रानी शर्मा तिवारी

स्थानीय चुनाव तयारीको एउटा सुरूवात नै हो । स्थानीय तहको चुनाव सकिएको अवस्था छ र अब हुने चुनावमा पनि राजपाले तयारी गर्नेछ । कम समयअवधि भित्रै स्थानीय स्तरको चुनावमा सहभागि भयौँ भने अबको चुनावमा राम्रोसँग नै तयारी गरेर राजपाले राम्रो स्थान हासिल गर्नेछ ।

यो स्थानीय निर्वाचन एक प्रकारको जनमत संग्रह हो : सन्तोष मेहता

संसदले त्यसलाई अल्पमतले पारित गर्यो अनि हामीले त्यसलाई स्वीकार गर्यौँ । संसदले संविधानको संशोधन गर्नुपर्दछ भन्ने ऐजेण्डाका साथ संविधानलाई स्वीकार गर्यो अनि हामी निर्वाचनमा सहभागी हुन भयौँ ।

शहीदको सपना पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ : विष्णुदेव साह

जनकपुरको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो । म माकुरोको जालो जस्तो रहेको भ्रष्टाचारलाई समाप्त पार्ने छु । जनकपुरमा अन्तर्राष्ट्रियस्तरको विकानस्थल निर्माणमा सक्रिय रहनेछु । जनकपुरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सक्रिय रहनेछु ।

राजपा नेपालको जीत नै मधेशको जीत हो : रम्भा मिश्रा

प्रमुख दलसँग राज्यको पैसा रहेको छ भने हामीसँग मधेशवादको आर्शिवाद रहेको छ । हामीहरूको सिद्धान्तले गर्दा हामीसँग जनता जुडेको अवस्था रहेको छ । त्यसैले हामीलाई कुनै अप्ठयारो छैन ।

एमालेले राष्ट्र विखण्डन गर्न खोजेको चर्चा छ : महेन्द्रकुमार मिश्र

उम्मेदवारी दर्ताकै दिन जनकपुरधाममा टिकट नपाएपछि मोहन उपाध्यायले एमालेको झण्डा सडकमै फालेर आगो लगाइदिए । प्रदेश नं. २ को अधिकांश ठाउँमा यस्ता घटनाहरू भएका छन् । संविधान संशोधन विधेयक असफल गराउनुका साथै एमालेले मधेशलाई खुलेरै गाली गरेको छ । यसको प्रत्यक्ष असर यो निर्वाचनमा एमालेलाई पर्छ ।

मधेशमा एमालेको जनाधारमा ह्रास आएको छ : कासिन्द्र यादव

मधेश प्रतिको एमालेको जुन धारणा थियो त्यो मधेशी जनताले मूल्याङ्कनका साथ नियालीरहेका छन् । संविधान संशोधन हुन नदिनका लागि दोषी पार्टीको रूपमा एमालेलाई नै मधेशी जनताले मानेका छन् । त्यसैले एमालेको अवस्था दुई नम्बर प्रदेशमा

चुनावमा जाने राजपाको निर्णय सही छ : डा. सुरेन्द्र लाभ

राजपाको पनि आफ्नो दृष्टिकोण छ । त्यसैले को गलत, को सही भन्ने कुरा भनिहाल्ने अवस्था छैन । एक हदसम्म राजपाको भनाइ ठिक छ । राजपाका मागहरू सरकारले स्वीकार गरेको छ । यसकारण यो कदम ठिक जस्तो हो । अरू दललाई पनि संविधान संशोधनको पक्षमा ल्याउन राजपा सफल भयो । यसलाई राजपाको राजनीतिक जित पनि भन्न मिल्छ ।

विश्वासघात गरेकाहरूसँग जनताले निर्वाचनमा बदला लिनेछ – हरिचरण साह

राजतन्त्रलाई जसरी लोकतन्त्रको बाढीले बगाएर लग्यो त्यसरी नै अबको आन्दोलनले यी पार्टीहरूलाई बगाएर लानेछ । मधेशी जनतालाई मार्ने ती शासकहरूको विरूद्धमा जनताहरू जानेछन् र हाम्रो पार्टीको पक्षमा आउँछन् भन्ने मेरो विश्वास छ ।

यो भ्रमणले नेपाल–भारतको सम्बन्ध थप प्रगाढ हुनेछ – डा. भेषबहादुर थापा

भारतले धेरै प्रकारका आशाहरू देखाएको छ । जसमध्ये धेरै पुरा भइसकेको छ भने केही सुरू भएर सम्पन्न हुने अवस्थामा छ । यी कुराहरूलाई नै प्रधानमन्त्री देउवाले उठाउने विषयहरू हुन् । यसपाली कुनै नयाँ सन्धि र सम्झौता प्रधानमन्त्री ज्यूलाई नगर्न आग्रह पनि गरेका छन् । त्यसैले विगतका कुराहरूलाई नै मुख्य मानेर नेपाल भारत सम्बन्धलाई थप प्रगाढ बनाउनको लागि दुबै पक्षबाट काम हुने हो ।

सरकारले दीर्घकालीन समाधान दिनुपर्यो, होइन भने मधेश छोडेर जानुपर्यो : डा.सीके राउत (भिडियोसहित)

राज्यले औपनिवेशिक शासन लादेको ठाउँमा सकेसम्म त्यहाँका मान्छेहरू मरून्, पीडित होस् भन्ने चाहन्छन् । त्यही कुरा मधेशमा भइरहेको छ । यसको रोकथाम गर्ने काम त नेपाल सरकारको हुनुपर्ने हो । दीर्घकालीन रणनीति ल्याउनुपर्ने हो । तर, त्यो कतै पनि देखिदैन ।

संशोधन विधेयकमाथिको मतदानले मधेशका शत्रु पहिचान भयो – राजिव झा

संविधान संशोधन प्रस्तावमा मतदान हुने दिनसम्म पनि हामीले पारित हुनुपर्छ नै भनेका थियौं । विधेयक पारित हुनका लागि गरिनु पर्छ भन्ने हाम्रो अडान कामयै थियो । जसमा नेपाली कांग्रेसले पनि धोका दिएको छ । उसका केही सांसद् अनुपस्थित रहे । एमाले त पहिलेदेखि नै मधेशी जनताको विपक्षमा थियो । त्यस्तै, आफैंले ल्याएको प्रस्ताव कमल थापाहरूले पनि अस्वीकार गरेका छन् ।

प्राकृतिक विपदाहरू नियन्त्रणका लागि दूरगामी योजना आवश्यक छ : रामेश्वर राय यादव

हाम्रो यहाँ विपद आएको बेला मागी खाने भाडो बनाउने मानसिकताले यी समस्याहरू आएको हो । हामीले विपती र यी संकटहरूको नाममा मागी खाने भाडो बनाउने होइन की यसको सुधार गर्नुपर्छ । यसलाई सरकारले अन्तर्राष्टिय स्तरबाट पनि सहयोग मागेर यसबाट नागरिकहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ, यी कामहरूलाई अगाडि बढाएर दीर्घकालीन समाधान दिनुपर्ने आवश्यकता रहेको छ ।

वर्षा अत्यधिक हुने कुरा जागरूकताको कमिका कारण जनस्तरसम्म पुग्न सकेन – डा.कृष्णचन्द्र साह

बाढीका बेला नदीका ढोका खोल्दा दुवै पक्षले हिसाबकिताब गरेर निष्कर्षमा पुगेर निर्णय गर्छन् । उनीहरूले के गर्दा कमभन्दा कम क्षति हुन्छ भन्ने कुरा संयुक्त रूपमा निर्णय लिन्छन् । यो देशमा बढी र यो देशमा कम क्षतिभन्दा पनि समग्रमा कम क्षतितर्फ ध्यान दिइन्छ । त्यही बमोजिम उनीहरूले गरिरहेका छन् । थाहा नपाउनेहरू यो र त्यो भनिरहेका छन् । वास्तवमा त्यस्तो होइन ।

राजपाको विधानअनुसार पार्टीका अन्य पदाधिकारीको कामै छैन – मनोहर साह

अध्यक्ष मण्डललाई जतिखेर मन लाग्यो, उतिखेर आफ्नो किसिमले हिंड्ने बाटो बनाइदिएको छ । जुन निरंकुश व्यवस्था हो । यसलाई प्रजातान्त्रिक मान्न सकिँदैन । तर, यो विधान विस्तृत र पूर्ण नभएकोले अहिले राखिएको व्यवस्थालाई हेर्दा लोकतान्त्रिक भन्न सकिँदैन । पछि भने यसमा सुधार हुन सक्छ । यो विधानअनुसार पार्टीका अन्य पदाधिकारीको कामै छैन, जस्तो देखिन्छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com