Headline

‘पोखराको अगाडि सिंगापुर, थाइल्याण्ड खल्लो’

काठमाडौं, ३१ असार । भारतीयहरुले सिंगापुर, थाइल्याण्ड भन्दा नेपाल आउने बाचा गरेका छन् । नेपाल पर्यटन बोर्डको सहयोगमा बनारस पुगेका पोखरेली पर्यटन व्यवसायीहरुसँग उनीहरुले सिंगापुर, थाइल्याण्डभन्दा नेपाल कयौं गुणा राम्रो भएको बताउँदै पर्यटक बनेर नेपाल आउने बाचा गरेका हुन् ।

भारतीय कलाकार पाण्डे नेपालमा

काठमाडौँ, ३१ असार । रुसमा जारी विश्व कप फुटबलको अवसरमा आफना नेपाली प्रशंसकसँग बसेर विश्वकप फुटबलको अन्तिम खेल हेर्न बलिउड नायिका तथा मोडेल पुनम पाण्डेले नेपाल आएकी छिन् ।

केयर फाउण्डेसनद्वारा ‘केयर एडु’ घोषणा

इमरान खान, काठमाडौं, ३१ असार । मुस्लिम समुदायका विद्यार्थीको हक र हितका लागि केयर फाउण्डेशनले ‘केयर एडु’ को घोषणा गरेको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा केयर फाउण्डेशनले केयर एडु विभाग गठन गरेको हो ।

रामहरी जोशीको ‘प्रतिकात्मक प्रश्न’ लोकार्पण

काठमाडौं, ३१ असार । स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ । त्रिवीका पूर्वउपकुलपति डक्टर केदारभक्त माथेमाले राधानीमा भएको एक विशेष समारोहमा पुस्तकको लोकापर्ण गरेका हुन् ।

जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध, एक महिनामा फुकुवा गर्ने तयारीमा सरकार : मन्त्री खनाल

चन्दकान्त खनाल, रुपन्देही, ३० असार । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा सरकार रहेको वताएका छन् ।

गौर नगरपालिका छिट्टै पूर्ण खोप नगरपालिका हुने : मेयर गुप्ता

राकेश यादव, रौतहट, ३० असार । गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले छिट्टै गौर नगरपालिका पूर्ण खोप नगरपालिकाको रुपमा घोषणा हुने बताएका छन् ।

आलमको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, ३० असार । प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा पूर्व राज्यमन्त्री मो.मुस्ताक आलमको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वराज्यमन्त्री आलमको निधन

राकेश यादव, रौतहट, ३० असार । रौतहट निर्वाचन क्षेत्र नम्बर २ का पूर्वसभासद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री महमद मुस्ताक आलम उर्फ राजाबाबूको हृदयघातको कारण शुक्रबार उपचारको क्रममा काठमाडौंमा निधन भएको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्री स्वदेश फिर्ता

काठमाडौं, २९ असार । मित्रराष्ट्र जनवादी गणतन्त्र चीन र म्यानमारको औपचारिक भ्रमणको असार १९ गते गएका प्रधानसेनापति राजेन्द्र क्षत्री भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

राइस मिलको जग्गाका लागि सहयोग गर्ने नगर प्रमुखहरुको प्रतिवद्धता

राकेश यादव, रौतहट, २९ असार । रौतहट जिल्लाको १८ स्थानीय तहका प्रमुखले जिल्लाको शानको रुपमा रहेको गौर राइस मिलको जग्गा अधिग्रहणको कार्यमा आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री ओलीद्वारा आलमको स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता एवं पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

कलेज तथा स्कूल पोसाकमा आएका जोडीलाई कोठा नदिने होटल व्यवसायीको निर्णय

चन्द्रकान्त खनाल, रुपन्देही, २९ असार । प्रदेश ५ को राजधानी रहेको रुपन्देही जिल्लालाई विकृति तथा विसंगतीमुक्त जिल्लाका रुपमा स्थापित गराउनका लागि होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले १६ वर्ष मुनीका व्यक्तिलाई धुम्रपान तथा मदिराजन्य वस्तु बिक्री वितरणमा आफना व्यवसायीलाई रोक लगाएको छ ।

बाँके जिल्ला खुल्ला दिसामुक्त घोषणा

बाँके, २९ असार । ५७औं जिल्लाका रुपमा बाँके खुल्ला दिशामुक्त घोषणा गरिएको छ । एक भव्य समहारोहको आयोजना गरि खुल्ला दिसामुक्त घोषणा गरिएको छ । लामो समयको अथक प्रयासपछि बाँकेलाई खुल्ला दिसामुक्त बनाइएको हो ।

सरकारी मस्यौदाप्रति निजामति कर्मचारीको विरोध

काठमाडौं, २८ असार । सामान्य प्रशासन मन्त्रालयबाट अगाडि बढाइएको संघीय निजामति सेवा ऐन विधेयकको मस्यौदाको दफा ११९ मा गरिएको टे«ड युनियनसम्बन्धी व्यवस्थाको चार निजामति संगठनहरुले विरोध गरेका छन् ।

रेलमार्ग निर्माणमा भारतको प्राविधिक सहयोग लिइने

काठमाडौं, २८ असार । भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच भएको छलफलले प्राविधिक सहयोगको व्यवस्था गर्न दुवै देशका सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको छ ।

गौर राइस मिलको जग्गामोही भारतीय नागरिक

राकेश यादव, रौतहट, २८ असार । गौर राइस मिलको नाउमा दर्ता रहेको ५ विगहा १९ कठा १५ धुर जग्गा मध्ये १६ कठा जग्गाको मोही भारतीय नागरिक रहेको खुलासा भएको छ । भारतको बैरगनिया निवासी टोडर मल शर्माको छोरा कृष्ण शर्माले जन्मको

कानुन सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम

कपिलवस्तु, २८ असार । जिल्लामा समलिङ्गिी तथा तेस्रो लिङ्गिीहरुलाई कानुन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सो अभिमुखिकरण कार्यक्रम नील हिरा समाज कपिलबस्तु शाखाको आयोजना र

बुद्ध फाउन्डेशनमा पाँच सयभन्दा बढी विद्यार्थीले दिए इन्ट्रान्स परीक्षा

नेहाल खान, वीरगंज, २८ असार । बुद्ध फाउन्डेसन कलेजमा कक्षा ११ का लागि पाँच सयभन्दा बढी छात्रछात्राहरुले इन्ट्रान्सका परीक्षा दिएका छन् ।

गोमन सर्पले टोक्दा गोलबजारमा एक जनाको मृत्यु

सिरहा, २७ असार । गोलबजारमा विषालु सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ गोलबजार नगरपालिका–८ चोहर्वा भाइजीटोल निवासी ५५ वर्षीय देवलाल उराउको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै

नगरसभाबाट राइस मिलको जग्गा बचाउन १ करोड ७० लाख

राकेश यादव, रौतहट, २७ असार । ४६ करोडको बजेट प्रस्तुत गर्दै गौर नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ । पहिलो बैठकमा प्रस्तुत गरिएको नीति कार्यक्रममा छलफल गर्दै दोस्रो बैठक शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।

भारतको सहयोगमा निर्माण भएको प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवन उद्घाटन

काठमाडौं, २६ असार । भारतको सहयोगमा निर्माण भएको नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवनको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका छन् । मंगलबार उद्घाटन कार्यक्रममा नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरीको उपस्थितिमा प्रज्ञा प्रतिष्ठानको तीनतल्ले पुस्तकालय भवनको उद्घाटन भएको हो ।

राप्ती ववई प्रदेश ५ को उत्कृष्ट क्याम्पस

तुलसीपुर २६ असार । तुलसीपुरस्थित राप्ती ववई क्याम्पस बिजनेश स्कूल अवार्ड २०१८ बाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रालिद्वारा आयोजित ‘बि’ स्कुल अवार्ड २०७५ मा राप्ती ववई क्याम्पस प्रदेश नम्बर ५ को उत्कृष्ट हुन सफल भएको हो । त्यस्तै पब्लिक

शुद्धोधन गाउँपालिकाको बजेट ४० करोड ३८ लाख

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २६ असार । शुद्धोधन गाउँपालिका कपिलवस्तु लवनीको नीति, कार्यक्रम तथा बजेट पारित गर्दै तेस्रो गाउँसभा सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७५÷७६ को लागि कुल रु. ४० करोड ३८ लाख ९५ हजार रुपैयाँ बजेट प्रस्तावसहित गाउँसभा सम्पन्न भएको हो ।

नारी शक्तिलाई बलियो बनाए मात्र समाजको विकास हुन्छ : मेयर सरावगी

वीरगंज, २६ असार । निल्स व्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले संचालन गरेको एक महिने व्युटिसिन तालिम सम्पन्न भएको छ । तालिममा सहभागी महिलाहरुलाइ नगर प्रमुख विजय कुमार सरावगी तथा प्रमुख प्रशासकिय अधिकृत डा भिष्मकुमार भूषालले प्रमाण पत्र वितरण गरेका थिए ।

फोरमबाट निर्वाचित गाउँपालिका अध्यक्ष कानुमाथिको मुद्दा खारेज

वीरगंज, २५ असार । विन्दवासिनी गाँउपालिकाको प्रमुख श्रीलाल साह कानुमाथि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा परेको पुनः गणनाको मुद्दा इजलास नं. ५ ले सोमबार खारेज गरेको छ ।

प्रतिपक्षी दल कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोज्दैछ : प्रधानमन्त्री ओली

काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

दिल्ली उडानका लागि बुद्ध एयरलाई स्वीकृति

काठमाडौं, २४ असार । नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको नेपालगञ्ज–दिल्ली उडान तालिका स्वीकृत गरेको छ । १ जनवरी २०१९ देखि लागु हुनेगरि उडान तालिका स्वीकृत भएको हो ।

रेल सञ्चालनको मोडालिटीबारे नेपाल र भारतबीच छलफल हुुने

काठमाडौं, २४ असार । क्रस बोर्डर रेल कनेक्सन तथा जनकपुर–जयनगर रेल सञ्चालनको मोडालिटीबारे छलफल गर्न भारतीय रेल विभागको उच्चस्तरीय टोली आज काठमाडौं आउँदैछ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com