Headline

बाजपेयीको अन्त्येष्टिमा भाग लिन परराष्ट्रमन्त्री नयाँदिल्लीमा

काठमाडौं, १ भाद्र । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपालको प्रतिनिधित्व गर्दै भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा भाग लिन भारतको राजधानी नयाँ दिल्ली गएका छन् ।

डा. झा चीनमा पुरस्कृत

काठमाडौं, १ भाद्र । सियानमा रहेर चीनको आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा विशेष योगदान पु¥याएको भन्दै प्राध्यापक डा. राजीवकुमार झालाई चीनको सियान सरकारले सन् २०१८ का लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ पुरस्कार प्रदान गरेको छ ।

भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको निधन

काठमाडौं, १ भाद्र । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९४ बर्षको उमेरमा निधन भएको छ । निष्ठावान राजनीतिज्ञको परिचय बनाएका बाजपेयीलाई मिर्गौला, छाती र पिसाबसम्बन्धी समस्या देखिएपछि गत ११ जुनमा नयाँदिल्लीस्थित

नैतिक मूल्यसहितको सभ्य समाज निर्माणका लागि अध्यात्मिक शिक्षा आवश्यक : प्रदेश प्रमुख झा

चन्द्रकान्त खनाल, रुपन्देही, १ भाद्र । नैतिक मूल्यसहितको सभ्य समाज निर्माणका लागि अध्यात्मिक शिक्षा आवश्यक रहेका प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले बताएका छन् ।

राष्ट्र बैंकले ४० लाख अनुदान दिन्छ : गर्भनर

चन्द्रकान्त खनाल, रुपन्देही, ३१ साउन । नेपाल राष्ट बैकका गर्भनर डा. चिरञ्जिवी नेपालले नेपालको अर्थतन्त्र अहिले राम्रो स्थितिमा अघि बढेको वताएका छन् ।

भारतीय दूतावासद्वारा ३० एम्बुलेन्स र ६ बस हस्तान्तरण

काठमाडौं, ३० साउन । भारतले नेपालका विभिन्न सामाजिक संघ, संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ । भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर नेपालस्थित भारतीय दुतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई

भारतीय प्रमको चौथो नेपाल भ्रमणबाट सम्बन्ध फराकिलो हुने विश्वास

काठमाडौं, ३० साउन । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिँह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चौथो पटक हुन लागेको नेपाल भ्रमणबाट भारत–नेपालबीचको सहयोगात्मक सम्बन्ध थप फराकिलो हुने विश्वास व्यक्त गरेका छन् ।

बाढीपीडितलाई खानेपानी सुविधा

बर्दिया, ३० साउन । बढैयाताल गाउँपालिका– ९ टेसनपुरका बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ । व्याकवार्ड सोसाइटी एजुकेशन (वेस) बर्दियाले रु दुई लाखको लागतमा खानेपानी उपलब्ध गराएको हो ।

आत्मनिर्भरताको बाटोमा प्रदेश नं ७

धनगढी, ३० साउन । अघिल्लो आर्थिक वर्षको पूरक बजेटका लागि जिल्लागत प्रस्ताव माग्दा डेढ सयवटा मन्दिर बनाउने प्रस्ताव आएको थियो । प्रदेश नं ७ को सरकारले त्यसका लागि रकम विनियोजन गरेन । यस्ता कार्यक्रमले प्रदेशमा उत्पादकत्व नबढाउने भएकाले रकम विनियोजन

रुपन्देहीमा १ लाखले लिए परिवार नियोजनका सेवा

रुपन्देही, २९ साउन । परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम सिफो २ द्वारा आयोजना गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुसँग अन्तरक्रिया तथा छलफल सुद्धोधन गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकामा रहेका स्वास्थ्य

एन्टाद्वारा खडेरीपीडित अष्ट्रेलियन किसानलाई राहत वितरण

काठमाडौं, २९ साउन । अष्ट्रेलियाको ग्रामीण क्षेत्रमा लामो समयसम्म वर्षा नभएकोले न्यू साउथ वेल्सका डब्बो क्षेत्रमा परेको खडेरीका कारण सो क्षेत्रका किसानहरू असाध्यै मार्कामा रहेको र सो क्षेत्रका किसानहरूले पालीराखेका विभिन्न चौपाया तथा चराचुरूङ्गीहरूलाई

गौर राइस मिलको नक्कली मोहीको नागरिकता बदर गर्न उजुरी दर्ता

राकेश यादव, रौतहट, २९ साउन । गौर राइस मिलको नाउँमा दर्ता कायम रहेको ५ विगहा १९ कठ्ठा १५ धुर जग्गा मध्येको १६ कट्ठा जग्गाको नक्कली मोहि रहेको भारतीय नागरिकले लिएको नेपाली नागरिकता प्रमाण पत्र बदर गर्नका लागि जिल्ला प्रशासन कार्यालय गौरमा

शर्मापप्पू कन्सट्रक्सन विरुद्ध नारा जुलूस

सिरहा, २९ साउन । धनुषा–सिरहालाई जोड्ने हुलाकी सडकमा पर्ने कमला नदीमा विगत आठ वर्ष बन्न लागेको पूलमा व्यापक अनियमितता, लापर्वाही भएकोमा नयाशक्ति सिरहाले सोमबार नारा जुलूस गरेको छ ।

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन पुसमा हुने

जनकपुरधाम, २८ साउन । सोह्रौँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आगामी पुस ७ गतेदेखि ९ गतेसम्म जनकपुरधाममा हुने भएको छ । सम्मेलन आयोजनाका सन्दर्भमा आइतबार जनकपुरधाममा बसेको पदाधिकारीको बैठकले सो मिति निर्धारण गरेको हो ।

प्रदेशको विकास कृषिमा लगानी एक मात्र विकल्प : कृषिमन्त्री साह

राकेश यादव, रौतहट, २८ साउन । प्रदेश २ का कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साहले कृषिमा समृद्धि नभएसम्म प्रदेश २ समृद्ध प्रदेश नहुने बताएका छन् । उनले प्रदेशको बिकासका लागि व्यावसायिक कृषिमा लगानी गर्नु पर्ने जोड दिएका छन् ।

महोत्तरी : हरियाली अभियानअन्तर्गत बोटविरुवा वितरण

जलेश्वर, २७ साउन । महोत्तरी जिल्लालाई ‘ग्रिन महोत्तरी र क्लिन महोत्तरी’ बनाउने अभियानअन्तर्गत जलेश्वर नगरपालिकाको वडानं. ७ मा विभिन्न जातको बोटविरुवाहरु वितरण गरिएको छ ।

भारतमा हुने १९ देशका व्यवसायीको भेलामा कैलालीका सात व्यवसायी

काठमाडौं, २७ साउन । भारतको तामिलनाडुमा हुन लागेको १९ देशका व्यवसायीहरूको सम्मेलनका लागि नेपालबाट सात जना व्यवसायी सहभाग हुन भएका छन् ।

सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति प्रतिवद्ध : प्रम ओली

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितिलाई प्रधानमन्त्री निवास बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री

मधेशको लाइफलाइन : हुलाकी राजमार्गले ल्याएको सहजता

धनगढी, २७ साउन । केही वर्ष अघिसम्म आर्थिक क्रियाकलाप न्यून मात्रामा हुने बेली, फूलबारी, कनरी, हसुलियालगायतका क्षेत्रमा हुलाकी राजमार्ग निर्माणसँगै बढेको आर्थिक क्रियाकलापले स्थानीय बासिन्दाको जीवनस्तरमा परिवर्तन आउन थालेको छ ।

मुसहरले सामाजिक चासो बढाउन थाले

महोत्तरी, २७ साउन । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ डोठाराका मुसहरले सामाजिक चासो बढाउन थालेका छन् । आफ्नो मालिकले अ¥हाएको काम गरेर पाएको बनी (पारिश्रमिक) बाट दुईछाक टार्नबाहेक कुनै कुरामा चासो नराख्ने मुसहर अब

अस्पतालको स्थलगत अनुगमन, गुणस्तरीय सेवा दिन निर्देशन

चितवन, २६ साउन । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चितवनको बिपी कोइराला मेमोरोयल क्यान्सर अस्पतालको स्थलगत अनुगमन गरी गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

नगर प्रमुख र उपप्रमुखको गाउँमा ७२ लाख फ्रिज

रौतहट, २६ साउन । राजदेवी नगरपालिका वडा नम्बर ९ मा आर्थिक वर्ष २०७४।२०७५ को ७२ लाख रुपैयाँ फ्रिज भएको छ । राजनीतिक दलको मतभेदको कारण उक्त रकम फ्रिज भएको हो ।

आफ्नै वडाको रकम फ्रिज भएकोमा मेयर र उपमेयरले मागे माफी

राकेश यादव, रौतहट, २६ साउन । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नंबर ९ ब्रहमपुरीमा नेपाल पत्रकार महासंघ रौतहट शाखको आयोजनामा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

युवाहरुद्वारा नेपाल हज समितिको आर्थिक लेनदेनको सूचनाको माग

इमरान खान, कपिलवस्तु, २६ साउन । नेपाल सरकारको गृहमन्त्रलाय अंतर्नि्हित रहको नेपाल हज कमिटीले साउदी अरबमा पठाएको हाजिहरुको सम्बन्धमा भएको खर्च विवरणको प्रतिलिपिको माग युवाहरुले गरेका छन् ।

कर वृद्धिको विरोधमा मिर्चैयामा आन्दोलनको तयारी

सिरहा, २६ साउन । मिर्चैया नगरपालिकाले गरेको कर बृद्धिको बिरोधमा आन्दोलनको तैयारी गरिएको छ । केहि दिनदेखि निरन्तर रुपमा भईरहेको मिर्चैया उद्योग बाणिज्य संघ, स्थानिय बिभिन्न राजनितिकदल र नागरिक

स्मार्ट स्कलूका लागि हाजिरी जवाफ प्रतियोगिता

चन्दनकुमार यादव, राजविराज, २५ साउन । विद्यालयलाई सरसफाई तथा स्वच्छताका लागि स्मार्ट स्कुल बनाउन कल्याणपुरमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।

कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

नेपालगञ्ज, २५ साउन । बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय क्षमताको कारागारमा हाल ६५८ जनालाई राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुरक्षा चुनौती बढेको जेलर श्यामलाल लामिछाने बताउँछन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com