Interview

हरेक समुदायको प्रधिनिधित्व र पहुँचका लागि प्रयास गर्छौं : सुवास खतिवडा – अध्यक्ष, सामुदायिक रेडियो प्रशारक संघ

समुदायको सहभागिता, प्रतिनिधित्व, पहुँच, भाषाभाषीका कुरा, स्थानीय विषयवस्तुको कार्यक्रम प्रशारण गर्नेलगायत कुरा अधिकत्वम रूपमा हामी उठाउँछौं । रेडियो समुदायसँग कत्ति जोडिएको छ, समुदायको प्रतिनिधित्व गर्छ कि गर्दैनलगायत पक्ष पनि यसमा हेरिन्छ ।

दलहरू मधेशको हितमा अगाडि बढ्नुपर्छ : सर्वेन्द्रनाथ शुक्ल - उपाध्यक्ष, तराई–मधेश लोकतान्त्रिक पार्टी

हामी आशा गर्छौं उहाँहरू राष्ट्रिय हित अनुसार राष्ट्रिय चरित्र देखाएर एउटा न्युनतम विन्दुलाई स्वीकार गर्नुहुन्छ । त्यति हामीले एमालेबाट आशा राख्न सक्छौं । किनकी एमालेले पनि मधेशमा भोलि चुनाव लड्नुपर्छ । त्यसैले मधेशको हित विपरीत मधेशको संवेदनशीलता विपरीत एमाले जाँदैन भन्ने लाग्छ ।

मधेशी मोर्चा मुद्दा विसर्जनको बाटोमा छ : मो. रिजवान अन्सारी - अध्यक्ष, नेपाल संघीय समाजवादी पार्टी

मधेशी मोर्चासँग दुई वटा बाटो थियो । एउटा मुद्दा विजर्सन गर्ने बाटो थियो । त्यो भनेको संसद्भित्र जाने, संविधान मान्ने र अगाडि बढ्ने । र, अर्को भनेको आन्दोलनलाई जारी राख्नुपर्ने थियो । बरू आन्दोलनका स्वरूप परिवर्तन गर्न सकिन्थ्यो । संसद् छाडेर जनताको बीचमा आउनुपर्छ भनेर मैले भन्दै आएको छु । यिनीहरू जानेर यो बाटोमा गएका हुन् । सत्ता प्राप्तिका लागि पहिला पनि मधेशी जनतालाई यिनीहरूले धोका दिएकै हुन् ।

अहिलेको संशोधन प्रस्ताव मधेश विरोधी : रामेश्वर फुयाल, सांसद, नेकपा एमाले

हामी अहिले पेश भएको संविधान संशोधनको प्रस्तावलाई पारित हुन दिँदैनौं । संविधान भित्र यी विषयहरू छलफल हुने गरी आउन सक्दैन । किनकी प्रदेश सभा नै बनेको छैन । संविधान संशोधन अहिलेको घोर रूपान्तरित संसदले प्रदेश सभा पनि बनेर गर्नुपर्र्नेे अवस्था छ । सर्वोच्च अदालतमा यो विषय विचाराधीन छ । यो जे संशोधनको प्रस्ताव छ यो वास्तविक मधेश विरोधी छ ।

नेपाल र भारतको जनता–जनताबीचको सम्बन्ध छ : सूर्यकिरण यादव संस्थापक अध्यक्ष, नेप्लिज स्टुडेन्ट एशोसिएसन, दिल्ली विश्वविद्यालय

नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध छ । प्राकृतिक, पारिवारिक, सांस्कृतिक, भाषिकलगायत अनेक किसिमले नेपाल र भारतबीच सम्बन्ध स्थापित गरेको छ । यो कृत्रिम सम्बन्ध होइन ।

हामी जनताको उजुरी पर्खिरहेका छौं – गिरीशचन्द्र लाल – अध्यक्ष, उच्चस्तरीय जाँचबुझ आयोग

गृहमन्त्रालय, मानवअधिकार आयोग तथा अन्य अधिकारवादी संघसंस्थाहरूले पनि प्रतिवेदन तयार गरेको छ । तर हामी के चाहन्छौं भने गृह मन्त्रालय वा अन्य मानवअधिकारवादी संस्थाहरूले गरेको प्रतिवेदनबाट हाम्रो सोचाई सुरू नहोस् । हाम्रो सोचाई पीडित पक्षबाट आएको निवेदनबाट वा जानकारीबाट नै होस् भनेर हामीले जनताको उजुरी पर्खिरहेका छौं ।

ठूला दलले नै संशोधन चाहेका छैनन् – महेन्द्रप्रसाद यादव (अध्यक्ष, तराई मधेश सद्भावना पार्टी)

हामीले के देख्यौं भने नेकपा एमालेले यो मुलुकलाई नै संकटमा पार्न लागेको थियो । एमाले अहिलेसम्म सरकारमा रहेको भए देशमा द्वन्द्व श्रृजना भइसक्थ्यो । त्यसैले अन्धराष्ट्रवादी एमालेलाई हटाउनका लागि कांग्रेस र माओवादीलाई समर्थन गरेका हौं । त्यसैले यो सरकारले हाम्रा मागलाई कार्यान्वयन गराउँछ भन्ने कुरामा धेरै त होइन थोरै आशावादी भयौं । अहिले आएर शंका झन् बढेर गयो । यो सरकारले पनि केही गर्दैन ।

मधेशीहरूलाई गुमाइसकेका छौं, मधेश पनि गुम्न सक्छ : महन्थ ठाकुर– अध्यक्ष, तराई–मधेश लोकतान्त्रिक पार्टी

मधेशीहरूलाई गुमाइसक्नुभएको छ । यदि वर्तमानको अवस्था रहिरह्यो भने कुनै दिन मधेश पनि गुम्नेछ । यदी समस्या समाधान गरिएन भने असन्तुष्टि रहन्छ । त्यो चुनावको समयमा पनि विस्फोट हुनसक्छ, त्यसबेला के गर्ने ?

एमालेको राष्ट्रवादले मुलुकमा विभाजन ल्याउन सक्छ – विजयकान्त कर्ण, पूर्वराजदूत तथा राजनीतिक विश्लेषक

मधेशीले यो देशबाट हामी अलगै हुन पाउँ भन्ने भनेको होइन । मधेशी जनताले पनि बराबरीको अधिकार मागेको हो । रूपन्देहीमा भइरहेको आन्दोलनलाई एमालेले राष्ट्रवादी आन्दोलन भनेको छ तर म यसलाई राष्ट्रघाती आन्दोलन हो भनेको छु । यो राष्ट्र विभाजन गर्ने खेल हो । नेपाली–नेपालीको बीचमा जातीय आधारमा विभाजन ल्याउने आन्दोलनको हो ।

कहीं नभएको जात्रा अहिले एमालेको नेतृत्वमा मञ्चन हुँदैछ – योगेन्द्रराय यादव, केन्द्रीय सदस्य, सद्भावना पार्टी

जनताको मागलाई सम्बोधन नगर भनेर कहीं पनि आन्दोलन भएको इतिहास संसारमा छैन । नेकपा एमाले उत्पीडित समुदायका माग सम्बोधन हुन दिँदैनौं भन्ने सोचका साथ आन्दोलन गरिरहेको छ ।

एमालेले संविधान संशोधनको औचित्य खोज्नु गैरराजनीति : फरमुल्लाह मन्सूर (सांसद्, नेपाली कांग्रेस)

साक्षी एमालेका केपी ओलीजी र माओवादी केन्द्रका प्रचण्ड बस्नुभएको थियो । आज संशोधनको विषय उठ्दाखेरि यो नेपाली जनताको माग नै होइन भनेपछि हामी संविधानसभामा नेपाली जनताको प्रतिनिधिको हैसियतले उपस्थित थियौं कि अमेरिका, युरोप वा अन्य देशका प्रतिनिधि थियौं ? त्यसकारण यो एउटा गैरजिम्मेवार अभिव्यक्ति हो ।

औचित्यका आधारमा संविधान संशोधनमा हामी सकारात्मक छौं – डा. वंशीधर मिश्र संसद्, नेकपा एमाले

मैले स्थानीय जनतासँग बुझ्दा वास्तवमा मधेशमा कत्ति प्रदेश हुने कुरा आम जनताको विषय नै रहेनछ । यस विषयमा आम जनताले कुनै सरोकार राखेका छैनन् । नेताहरूबाहेक कसैलाई पनि यस विषयमा कुनै सरोकार छैन । मधेशीहरू नागरिकता, अधिकारलगायत कुरामा भने संवदनशील छन् । तर, मधेशमा दुई प्रदेश हुनै पर्ने कुरामा आम मधेशीलाई मतलब छैन ।

चार विषयको संशोधनले २६ बुँदेलाई सम्बोधन गर्न सक्दैन : अशोक राई (वरिष्ठ नेता, संघीय समाजवादी फोरम नेपाल)

वास्तवमा भन्ने हो भने प्रधानमन्त्रीले भने जस्तो संशोधन प्रस्ताव लेख्ने काम नै भएको छैन । उहाँले प्रमुख प्रतिपक्षीको सहमति लिन खोज्नुभएको छ । तर, उहाँले कुन कुन विषयमा सहमति लिन खोज्नुभएको छ भन्ने कुरा अहिलेसम्म बताइएको छैन । हुनुपर्ने के थियो भने सहमतिमा हस्ताक्षर गर्ने तीन पक्षबीच सहमतिको बिन्दु खोज्नुपर्ने हो । तर, त्यसो भएको छैन । सत्ता पक्षको रणनीति के हो,

१५ दिने अल्टिमेटम अन्तिम म्याद : केशव झा (महासचिव, राष्ट्रिय मधेश समाजवादी पार्टी)

आन्दोलनको स्वरूपबारे हामीले यो १५ दिने अल्टिमेटमपछि मात्रै सार्वजनिक गर्छौं । हाम्रो आन्दोलनको स्वरूप प्रदर्शन, धर्नाबाट नै सुरू हुन्छ । त्यतिले पनि हाम्रो माग सम्बोधन भएन भने अन्त्यमा बन्दसम्मको कार्यक्रम आउन सक्छ ।

मुखर्जीको भ्रमणले जनकपुरको पर्यटनमा मद्दत पुग्छ : डा. सुरेन्द्र लाभ, अर्थविद्

सरकारको राम्रोसँग ध्यान नजानु, सरकारले पठाएको बजेटको कार्यान्वयन राम्रोसँग हुन नसक्नु, नेता जन्माउने थलो मात्र हुनु तर ती नेताहरूको प्राथमिकतामा जनकपुरको विकास नपर्नु, जनकपुरमा जन्मेका नेता काठमाडौं केन्द्रित हुनु, जनतामा पनि विकास निर्माण प्राथमिकतामा नपर्नु, जनताले विकासका लागि दबाब दिन नसक्नु यस्ता मूलभूत कारणले गर्दा जनकपुर विकास निर्माणमा पछि परिरहेको छ ।

सीमाङ्कन मिलाउने जिम्मा आयोगलाई दिनु हुँदैन : भानुराम चौधरी, अध्यक्ष, थरूहट तराई पार्टी

त्यसबेला प्रचण्डजीले बुझाएको माग र अहिले हामीले बुझाएको मागमा फरक छैन । ती मागहरू सम्बोधन हुने गरी संशोधन प्रस्ताव आएन भने हाम्रो सहमति रहँदैन भन्ने कुरा स्पष्ट पारेका छौं । यसका साथै सीमाङ्कनको विषय मिलाउने जिम्मा आयोगलाई दिनु हुँदैन भन्ने हाम्रो धारणा छ । हुन त उहाँले अधिकारसम्पन्न आयोग बनाउने कुरा गर्नुभयो । तर, हामी त्यसमा सहमत छैनौं ।

मधेशीलाई अधिकार दिनु हुन्न भन्नेमा ठूला दल एकमत छन् :सीके लाल, राजनीतिक विश्लेषक

यो देश मधेश र गैरमधेशी दुवैको हो कि गैरमधेशीको मात्र हो । १६ बुँदे सहमतिसँगै मधेशीलाई दोश्रो दर्तामा झार्ने काम गरियो । यो समस्याको निराकरण नभएसम्म आन्दोलन निरन्तर भइरहनेछ । आन्दोलनको संख्या जति पनि हुन्छ । आन्दोलन निरन्तर चलिरहने कुरा हो ।

कार्तिकपछि कुनै बहानाबाज चल्दैन : राजकिशोर यादव, अध्यक्ष, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)

कुनै बहानाबाजी गरेर आफूले गरेको कमिटमेन्टबाट भाग्न पाइँदैन नि । हामीले प्रधानमन्त्रीलाई पटकै भनेका छैनौं कि तपाइँ एमालेलाई पनि मनाउनुस् । हामीबीच भएको तीनबुँदे सहमति अनुरूप संविधान संशोधनका लागि बिल हाउसमा दर्ता होस् । त्यसपछि कसरी एमालेलाई कन्भिन्स गर्ने त्यो त भोलीका विषय हुन् । आजको आवश्यकता के हो भने कांग्रेस र माओवादी केन्द्र तयार हुनुप¥यो ।

भारतीय राष्ट्रपतिको भ्रमणलाई लिएर जनकपुरवासी उत्साहित छन् : राजेश्वर नेपाली, वरिष्ठ पत्रकार

जनकपुरको विकास नचाहने र जनकपुरलाई राम्रो भएको हेर्न नचाहने शासकहरूका कारण त्यसबेला मोदीको भ्रमण रद्द गरिएको थियो । उहाँलाई जनकपुर आउन नदिएर जनकपुरको विकास रोक्ने काम भयो । शासकहरू परिवर्तन भइरहेका छन्, तर जनकपुरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आइसकेको छैन । उहाँको भ्रमण रोकेर जनकपुरलाई विकासबाट पछाडि धकेल्ने काम गरियो । त्यसबेला मोदीको भ्रमण रद्द गरिएकाले यसपाली पनि राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउनेमा आशंका देखिएको छ ।

संविधान संशोधन राष्ट्रिय विषय हो : प्रकाश ज्वाला, नेता, नेकपा एमाले

मधेशी जनताको समर्थन पाएर नै नेकपा एमाले देशको दोस्रो ठूलो पार्टी हुन सकेको हो र मधेशमा एमालेको बलियो आधार छ । मधेशी जनतामा एमालेको जुन हैसियत छ त्यो हिसाबले मधेशी जनताको सवालमा एमाले कहिल्यै चुप बस्न सक्दैन । मधेश केन्द्रित केही दलले उठाएका मुद्दा मात्र मधेशका मुद्दा होइनन् त्यो भन्दा अझ गम्भीर मुद्दाहरू छन् मधेशका ।

मधेश आन्दोलनमा दमन गर्नेहरूलाई कारबाहीका लागि पहल गरिरहेका छौं : अधिवक्ता, दीपेन्द्र झा

दोषीलाई कारवाही गर्नका लागि पीडित परिवारले जाहेरी दर्ता गराउन खोजेपनि प्रहरी प्रशासनले जाहेर दरखास्त दर्ता नगरेपछि थर्ड एलायन्सले अदालतमा गएर जाहेरी दर्ता गराउन आदेश गराइसकेको छ । पीडितहरूको जाहेरी दरखास्त दर्ता नगरिए अदालतको अवहेलना भएको ठहर्ने छ ।

ठूला दलका मधेशी नेताहरू बधुवा मजदुर हुन् – महेन्द्रप्रसाद यादव, अध्यक्ष, तराई मधेश सद्भावना पार्टी नेपाल

अहिले संसद्मा बोल्ने कांग्रेसका मधेशी सांसद्हरूले यो संविधानमा हस्ताक्षर नगरिदिएको भए मधेशविरूद्धको संविधान बन्ने थिएन । र, अहिले कांग्रेस र माओवादीका मधेशी नेताहरू मधेशीको शवमाथि राजनीति गर्दैछन् । उनीहरूले मधेशीको रगतमाथि राजनीति गर्दैछन् । कांग्रेस, एमाले र माओवादीभित्रका मधेशी र आदिवासी नेताहरू ती पार्टीका बधुवा मजदुर हुन् । उनीहरू बधुवा मजदुरका रूपमा काम गर्दैछन् ।

सिमाना अकाट्य होइन, परिस्थिति र आवश्यकताअनुसार बदल्न सकिन्छ : रामनारायण बिडारी, अधिवक्ता तथा नेता, नेकपा माओवादी केन्द्र

मधेशी दलहरूले पनि बुझ्नुपर्ने हो, एक्लैले संविधान संशोधन हुँदैन भनेर । देशलाई कसरी अगाडि बढाउने भन्ने उहाँहरूको पनि दायित्व हो । उहाँहरू मधेशीको मात्र नेता होइन नेपालको नेता हो । नेपालको नेता भएर सोच्नुपर्छ उहाँहरूले । माग पूरा गराउनका निमित्त आन्दोलन एउटा माध्यम हो तर त्यो माध्यमलाई ठिक समयमा सही तरिकाले उपयोग गर्नुपर्छ ।

एकीकरण अहिलेको आवश्यकता हो – जंगीलाल राय, सांसद तथा महामन्त्री, तराई–मधेश लोकतान्त्रिक पार्टी

बृहत्त राजनीतिक एकताको प्रयास हाम्रो अध्यक्षजीले सुरूदेखि नै गर्दै आउनुभएको छ । हामीले प्रथम चरणमा सद्भावना पार्टीसँग कुरा गर्छौं । सद्भावना र तमलोपाको एकीकरण भएपछि फेरि अन्य मधेशकेन्द्रित दलहरूसँग पनि एकीकरण हुनसक्छ । तमलोपा र सद्भावना पार्टीबीच एकीकरण हुने धेरै आधारहरू छन् । यदि हाम्रो एकीकरण भयो भने मधेशमा एउटा नयाँ लहर जान्छ ।

एमालेले संविधान संशोधन हुँदैन भनेको छैन – राधाकृष्ण मैनाली, नेता, नेकपा एमाले

मधेशकेन्द्रित दलले वंशज सरह अंगिकृत नागरिकले अधिकार पाउनुपर्ने माग छोड्नै पर्ने हुन्छ । प्रान्त र सिमानाका विषयमा दुवै पक्षले बीचको बाटो खोज्न जरूरी छ । बीचको बाटो भनेको मधेशले भनेको जस्तो प्रदेश किन बनाउने र मधेशले भनेको जस्तो प्रदेश किन नबनाउने ? यी दुई प्रश्नको निराकरण दुवै पक्षको समझदारीबाट मात्र हुन सक्छ ।

भारतलाई गाली गर्दा चीनले सहयोग गर्छ भन्ने सोच एमालेका नेताहरूमा छ – डा.डम्बरनारायण यादव, राजनीति विश्लेषक

एमालेका केही नेतामा कस्तो देखिएको छ भने भारतलाई जति गाली ग¥यो, त्यति राष्ट्रवादी बन्ने । भारतलाई गाली गरेपछि चीनले सहयोग गर्छ भन्ने सोच उनीहरूमा हाबी भएको देखिन्छ । भारतलाई टाढा राखेपछि मधेशीलाई अधिकारबाट वञ्चित गर्न सकिने भन्ने सोच एमालेका केही नेतामा देखिन्छ । एमाले अध्यक्ष ओलीलाई विवेकले काम गर्न अनुरोध गर्छु ।

मधेशमा वैकल्पिक शक्तिको आवश्यकता छ – विकास तिवारी (अध्यक्ष, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)

एक मधेश प्रदेश हुँदा देश टक्रिन्छ भन्नु गलत सोच हो । एक मधेश त पहिचान प्रतिनिधित्व र पहुँचको कुरा हो । देश टुक्रिन्छ भन्ने सोच राखेर मधेश माथि अनबरत रूपले महेन्द्रवादी राजनीति चलिरहोस् खस आर्यको राजनीति रहिरहोस् भन्ने परिकल्पनामा आधारित कुरा हो ।

संविधान संशोधन मधेशको मात्र माग होइन, राष्ट्रिय माग हो : शरत्सिंह भण्डारी अध्यक्ष, राष्ट्रिय मधेश समाजवादी पार्टी

एमालेको सरकार हाम्रो लागि एकदम अहितकारी र अहिलेको सरकार एकदम हितकारी भन्न मिल्दैन । जसले यो संविधानलाई जर्बजस्ती घोषणा ग¥यो नेपाली जनताका मागहरू स्वीकार गर्न चाहेन त्यसैले हाम्रा लागि यी तिनवटा ठूला पार्टी सबै बराबर नै हो ।

समर्थन फिर्ता लिनुको विकल्प रहँदैन : जितेन्द्र सोनल, महामन्त्री, तराई–मधेश लोकतान्त्रिक पार्टी

पुरै मधेशमा सबै कार्यक्रमहरू एक ठाउँमा नै भयो । काठमाडौं ठूलो ठाउँ छ त्यसकारण दुई ठाउँमा हामीले कार्यक्रम आयोजना गरेका हौं । जसलाई जहाँ सजिलो हुन्छ त्यही जाने सल्लाह भएको थियो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com