Interview

तत्काल संविधान संशोधन नगरिए पुनः आन्दोलन चर्काउछौं : राजीव झा (महासचिव, नेपाल सद्भावना पार्टी)

पछिल्लो समयमा नेपाली कांग्रेस फेरि एमालेसँग मिलेर ढुलमुले अवस्था श्रृजना गरिरहेको आभाष हुन थालेको छ । त्यसैले नेपाली कांग्रेस इमान्दार भइदिनुप¥यो । कांग्रेस इमान्दार भइदियो भने संविधान संशोधन सहजै हुन्छ । कांग्रेस इमान्दार भएन भने एमाले जस्तो मधेश विरोधी पार्टीको पंक्तिमा उभिनेछ ।

एमालेका नेताहरूको अभिव्यक्ति सुधार्न जरूरी छ : रञ्जु कुमारी झा, सांसद, नेकपा एमाले

मधेशका साथीहरू नेकपा एमालेको व्यवहारले त दुःखी छैन । किनकी एमाले मधेशमा छ र एमाले मधेशको पार्टी हो । तर कहिले काही नेताहरूको अभिव्यक्तिले दुःखी भएको मैले पनि पाएको छु ।

सडक आन्दोलनले मधेशका जनतामा उर्जा दिएको छ : रामकुमार शर्मा, अध्यक्ष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्

जनकपुर भिठ्ठामोड सडक संघर्ष समितिले ६ लेनको सडकको माग गर्दै आन्दोलन गरेको भनेर उनीहरूले झुठो प्रचार गर्दैछन् । चार लेन सरकारले शिलान्यास गरिसकेको छ । यो चार लेनको सडक पनि बन्न नदिने अभियानमा लागेको भनेर हामीमाथि झुठो आरोप लगाइएको छ । उनीहरूले यस्ता कुरा गरेर जनतामा भ्रम छर्दैछन् ।

शंकर पोखरेलले माफी माग्नु आवश्यक छैन : लालबाबु पण्डित, पोलिटब्यूरो सदस्य, नेकपा एमाले

त्रुटि भएकै कारण उहाँले ट्वीटबाट हटाइसक्नुभएको छ । यसलाई फेरि पनि उचाल्नुपर्ने आवश्यकता छैन । दोहोरो अर्थ लाग्ने भएको कारण उहाँको अभिव्यक्ति त्रुटिपूर्ण नै हो । उहाँको अभिव्यक्तिको सन्देश सकारात्मक रूपमा गएन त्यसैले हामीले त्रुटिकै रूपमा लिएका छौं ।

पार्टीले सबैलाई मिलाएर लैजान्छ : विमल प्रसाद श्रीवास्तव, प्रवक्ता, तराई–मधेश लोकतान्त्रिक पार्टी

नेतृत्व पक्ष पार्टीमा रहेको असन्तुष्टि समेट्न सक्षम छन् हाम्रो पनि यसमा प्रयास जारी छ । सकभर हामी सबैलाई मिलाएर अगाडि बढाउँछौं । केही व्यक्तिहरू असन्तुष्ट हुनुहुन्छ उहाँहरूलाई पनि उचित स्थान दिएर समेट्ने छौं ।

हाम्रो मुद्दा समेटिएन भने फेरि आन्दोलनको विकल्प छैन – वृषेशचन्द्र लाल, उपाध्यक्ष, तराई–मधेश लोकतान्त्रिक पार्टी

सरकार सघन छलफलमा जानुपर्छ । हामीले यी कुराहरू उठाउँदा खेरी सरकारको तर्फबाट हामी सघन छलफलमा छौं हामी निश्चित रूपमा गर्छौं भन्नुभएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग छलफल गरेर संविधान संशोधनको प्रस्ताव अगाडि बढाउँछौं भनेर प्रधानमन्त्री ज्यूले भन्दै आउनु भएको छ हामी आशा गछौं उहाँले भन्नु भए अनुसार काम गर्नुभयो भने ठीक छ होइन भने हाम्रो संघर्ष त जारी नै रहन्छ ।

संविधानले प्रदेशलाई आत्मनिर्णयको अधिकार दिनुपर्छ : प्रभु साह, सभापति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति

सुरक्षा र राजश्वलाई संघीय अवधारणा अनुसार बाँडफाँड गर्नुपर्छ । त्यस्तै, केन्द्रिकृत र एकात्मक न्याय प्रणालीमा परिवर्तन ल्याउनुपर्छ । यसका साथै संवैधानिक निकायहरू संघीय संरचनाअनुसार विकेन्द्रीकरण गर्नु जरूरी छ ।

भारत र नेपालको अद्वितीय सम्बन्ध छ : डा.रामभक्त पीबी ठाकुर, पूर्वराजदूत

नेपालका छापाहरू जे कुरा आउँछन् ती कुरा मात्र बुझ्छन् । हाम्रै मान्छेहरू त्यहाँ गरेर राम्ररी हाम्रा कुरा सुनाउन सक्दैनन् । त्यसैले दिल्लीमा मधेशी समुदायबाटै कुनै योग्य व्यक्तिलाई राजदूत बनाइयो भने नेपाल र भारतबीचको सम्बन्धमा पक्कै पनि सुधार आउँछ । कूटनीतिमा राम्रो दख्खल राख्ने व्यक्ति राजदूत भएको भए कुनै समस्या नै हुने थिएन ।

मधेशमा दुई प्रदेशमा सहमत छौं : अजयशंकर नायक – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री

सीमांकनको मुद्दामा एकमत नहुन सक्छ । तर, बहुमतलाई कदर गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । सुर्खेत र कर्णालीमा त्यही मुद्दा उठाउँदा सम्बोधन भयो । तर, मधेशमा भएन भन्ने बुझाइ मधेशी जनतामा परेको छ । त्यो बुझाइलाई हटाउने राष्ट्रिय सोच भएका जुनसुकै पार्टीले व्यावहारिक प्रयोगमा गएर सीमांकनको टुंगो लगाउनुपर्ने हुन्छ ।

तमलोपा पूर्ण समावेशी पार्टी हो : राकेश मिश्र – सह–महामन्त्री, तराई–मधेश लोकतान्त्रिक पार्टी

जुन पार्टीले राज्यका व्यवस्थाहरूमा समावेशी समानुपातिकको कुरा गरिरहेको छ उसले आफ्नो पार्टीमा त्यो सिद्धान्त अबलम्बन नगर्ने भन्ने सवाल नै आउँदैन ।

जातिवाद हावी भयो भन्नु गलत : जयप्रकाश ठाकुर – सह–महामन्त्री, तराई–मधेश लोकतान्त्रिक पार्टी

आन्दोलनमा सक्रिय भएर पार्टीको अन्य काममा सक्रिय नहुनेहरूले पद पायो र सक्रिय हुनेहरूले पद पाएन भन्ने मलाई लाग्दैन । पद थोरै र मान्छे धेरै भएपछि कसैलाई असन्तुष्टि हुनु स्वभाविक नै हो ।

द्रोणाचार्यले जस्तै पार्टी नेतृत्वले आफ्नो वाचा पूरा गरे – राजेन्द्र साह, नेता, तराई–मधेश लोकतान्त्रिक पार्टी

जसरी द्रोणाचार्यले विश्वकै सर्वश्रेष्ठ धनुषधर बनाउने भनेर अर्जुनसँग वाचा गर्नुभएको थियो । अर्जुनको प्रतिस्पर्धामा द्रोणाचार्यले न त कर्णलाई आउन दिनुभयो न त एक्लब्यलाई आउन दिनुभयो । त्यसकारण पार्टी नेतृत्वले वाचा पूरा गर्नुभएकाले उहाँको निर्णयलाई सकारात्मक रूपमा लिएका छौं ।

पार्टीमा ब्राह्मणवाद लादिएको पुष्टि भएको छ – जनार्दन यादव, नेता, तराई–मधेश लोकतान्त्रिक पार्टी

जाति विशेषको पार्टी हो भनेर यी नेताहरूले नै प्रमाणित गरेका छन् । म स्पष्ट रूपमा बोल्छु । राम्रो लागोस् वा नलागोस् । जाति विशेषको पार्टी बनाउँदा अन्य जातिका मानिसहरू कहाँ जाने भन्ने कुरा यी नेताहरू सोच्नु आवश्यक छ । मधेशका नेताहरूले राम्ररी नेतृत्व गर्न सकेनन् ।

मिथिला कलाको स्वरूप फेरिरहेको छ : उमाशंकर साह, वरिष्ठ चित्रकार

मिथिलाको कलाले पनि समय अनुसार स्वरूप फेरिरहेको छ । अहिले मिथिलाको सोचमा काम गर्ने धेरै कलाकार भईसकेका छन् । जुन प्राचिन परम्परा थियो त्यो वैज्ञानिकरण सँगै हराएको जस्तो छ । पहिलेको मिथिलाको कला घर आँगनको कला थियो त्यसको अहिले स्वरूप केही फेरिएको हो हराएको छैन ।

मधेशी दलले आर्थिक एजेन्डालाई पनि प्राथमिकता दिनुपर्छ : डा. शंकरलाल चौधरी – नेता, तमलोपा

तराई–मधेशका लागि हुलाकी राजमार्ग लाइफलाइन हो । हुलाकी राजमार्ग बनिसकेको भए तराई–मधेशको आर्थिक अवस्थाले फड्को मारिसकेको हुन्थ्यो । सरकारले त हुलाकी राजमार्गको विषयमा योजनाहरू ल्याउँछन् तर, व्यवहार ल्याउँदैन । तराई–मधेशका सदरमुकामहरूको अवस्था एकदम दयनीय छ ।

तीनबुँदे सहमति सत्तामा जानका लागि गरिएको हो - जेपी गुप्ता, संयोजक, तराई मधेश राष्ट्रिय अभियान

मधेशका मुद्दा स्थापित गराउनका लागि अहिलेको सहमति भएको होइन । अहिले गरिएको तीनबुँदे सहमतिमा कतैपनि मधेशका सवालहरूलाई निष्ठापूर्वक पूरा गराउने संकेत छैन । अहिलेको सहमति भनेको आफ्नो ‘फेस सेभिङ’ गरेर सत्तामा कसरी जाने भन्ने मात्र हो ।

अब मधेश समस्या समाधान हुनेमा हामी विश्वस्त छौं – सर्वेन्द्रनाथ शुक्ल, सांसद्, तराई–मधेश लोकतान्त्रिक पार्टी

पहिला हामी एक्लै लडिरहेका थियौं । अब भने कांग्रेस र माओवादीले पनि यो लडाईंमा साथ दिने प्रतिबद्धता जनाएका छन् । कांग्रेस र माओवादीबीच भएको सहमतिमा पनि मधेशका समस्या समाधान गर्ने कुरा प्राथमिकतामा राखिएको छ । उनीहरूले हाम्रो बोलीमा बोली मिलाएका छन्, हाम्रा एजेण्डामा समर्थन जनाएका छन् ।

कुनै छिमेकी मुलुकसँग चीनको सम्बन्ध राम्रो छैन – विजयकान्त कर्ण, पूर्वराजदूत

चिनियाँहरूले नेपालको आन्तरिक मामिलामा विभिन्न राजनीतिक दलहरूलाई भेटेर केपी ओलीजीको सरकार बचाउनका लागि पर्यत्न गर्दा के देखियो भने उहाँ भारतको विरोधमा जाँदाजाँदै चीनलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नका लागि मौका दिइयो ।

नेपाल–भारतको सम्बन्ध विशेष किसिमको छ – सुरेन्द्र महतो, अधिवक्ता

नेपाल र भारत बीचको भौगोलिक अवस्थिति ज्यादै सहज छ । दैनिक आवश्यकताका कुराहरू, संस्कृति, भाषा, भेषका कुराहरूमा एकरूपता छ भने नाता, कुटुम्ब, इष्टको पनि आफ्नै खालको सम्बन्ध छ । तर, चीनसँग भौगोलिक रूपमा नै विकटता छ । साँस्कृतिक, भाषिक रूपमा पनि फरक छ भने जनस्तरमा पनि त्यति घुलमिल भएको छैन ।

भारतको विरोध गर्नु स्वघोषित राष्ट्रवादीहरूको पुरानो रोग – तुलानारायण साह, विश्लेषक

निर्भरता चाँहि भारतमाथि ज्यादा अपेक्षा चाँहि चीनबाट गर्ने, लिने भारतसँग बढी तर गुणगान चीनको बढी गर्ने यो नेपालको बामपन्थी राजनीति र स्वघोषित राष्ट्रवादीहरूको पुरानो रोग हो । यसबाट नेपाल अझै पनि मुक्त भएको छैन ।

भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ – दिपेन्द्र झा, अधिवक्ता

भारतसँग हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिकलगायत थुप्रै सम्बन्ध छन् । भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ । तर, चीनसँग हाम्रो छिमेकीको सम्बन्ध छ । यो भिन्नतालाई हामीले बुझ्नुपर्छ । बहुआयामिक सम्बन्ध हुँदा एकअर्काको दुःखसुखमा साथ दिनुपर्ने हुन्छ ।

‘गतिरोध हट्ने आशमा कांग्रेस र माओवादीलाई साथ दिँदैछौं’ – उपेन्द्र यादव, अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

यो सरकारको बहिर्गमन भइसकेपछि छलफलको बाटो खुल्छ । छलफल र संवादका सम्भावनाहरू खुल्छन् । सहमतिका बाटाहरू खुल्छन् । सहमति होला वा नहोला त्यो अर्को कुरा हो । बाटो खुलेपछि विभिन्न किसिमका विकल्पहरू देखिनेछन् । र, अब बन्ने सरकारले बुझ्नुपर्ने हुन्छ कि आन्दोलनका माग सम्बोधन नगरी राज्य चल्दैन, मुलुकमा शान्ति र स्थिरता कायम हुन सक्दैन । अर्को, अब बन्ने सरकारलाई हामीले काँध थाप्नेबाला छैनौं । हामी सति जानेबाला छैनौं । हाम्रा मुद्दाप्रति कांग्रेस र माओवादीको दृष्टिकोण कस्तो हुन्छ, त्यो हेरेर हामीले कदम चाल्नेछौं ।

यो संविधानका कारण नेपालले अस्थिरता र अराजकता बेहोर्नुपर्ने हुन्छ – श्रीहरि अर्याल, वरिष्ठ अधिवक्ता

यो संविधानबाट सरकारको स्थिरताको परिकल्पना गर्न सक्दिँन । किनभने हामीले जे रोपेका छौं, त्यहीं फल्ने हो । यो संविधानले नेपालमा स्थिर सरकारको परिकल्पनै गरेको छैन । हामीकहाँ बहुदल होइन सहस्र दल छन् । सत्ताकै लागि यो सहमति पनि भएको हो । यो संविधान त गएगुज्रेका संविधान हो । यो संविधानबाट अझ धेरै वर्षसम्म नेपालले अस्थिरता होइन अराजकता पनि बेहोर्नुपर्ने हुन्छ ।

मधेशकेन्द्रित दलले सत्तालाई भन्दा एजेण्डालाई महत्व दिनुपर्छ – पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक

मधेशमा तीन पटक आन्दोलन भइसक्यो । यसपाली पनि करिब–करिब ६० जनाले शहादत प्राप्त गरे । म मधेशमै जन्मे र हुर्केको मान्छे हुँ । मधेशीमाथि जसरी आन्दोलनका क्रममा जेजति ज्यादती भयो, त्यसको छानबिनका लागि अहिलेसम्म आयोगसमेत गठन हुन सकेको छैन । मधेश आन्दोलन त्यतिको क्षति भयो । तर, मधेशकेन्द्रित दलले अहिलेसम्म आयोगसमेत गठन गराउन सकेका छैनन् ।

थारु र मधेशी मिलेर आन्दोलन गर्नुको विकल्प छैन – भानुराम थारू, अध्यक्ष, थरूहट तराई पार्टी नेपाल

जब मधेशीको आन्दोलनमा थारू पनि संलग्न छन् भने थारूको बाहुल्य भएको ठाउँमा तपाईहरू राजनीतिक रूपमा निर्देशन दिनुस् भनेर भन्दा मधेशी मूलको मान्छे आएनन् । पूर्वतिर हामी संलग्न हुने, थारूहरू मधेशी मोर्चाको आन्दोलनमा जाने तर पश्चिम तिर मधेशीहरू नआउने यो त उहाँहरूको कमजोरी भयो नि । यस्तै कमीकमजोरीले गर्दा आन्दोलन संयुक्त हुन सकेन ।

मधेशको माग मधेशीको मात्र होइन, राष्ट्रको माग हो, खिमलाल देवकोटा, प्रवक्ता, नयाँ शक्ति नेपाल पार्टी

मधेशी समुदाय उत्पीडनको मारमा छ । हालै जारी गरिएको नयाँ संविधानले मधेशी, थारू, आदिवासी जनजाति, महिला र मुस्लिम समुदायलाई सम्बोधन गर्न सकेको छैन । त्यही विषयमा मधेश आन्दोलित छ । त्यो आन्दोलनमा नयाँ शक्ति पार्टीको ऐक्यबद्धता रहेको छ । यसकारण पनि उहाँहरूको अपेक्षा र आशा नयाँ शक्तिप्रति रहेको छ ।

भारतसँग प्रगाढ सम्बन्ध छ – बिपिन देव, नेपाल–भारत सम्बन्धका जानकार

सन्धिको भाषा केही परिमार्जन हुन सक्छ, तर ‘कन्टेन्ट’मा परिवर्तन हुँदैन । किन भने अहिले सन्धिमा रहेका ‘कन्टेन्ट’ले नेपालको विषयमा बाधा गरेको छैन । गुजराल डक्ट्रिनले के भन्छ भने ठूलो देशले सानोको देशको समस्या र अप्ठ्याराहरूलाई ठूला छातिका साथ आत्मसात गरोस् । तर, त्यसमा साना देशको पनि केही कर्तव्य छन् । ठूला देशले माया गरिरहेको छ, तर साना देश उत्तरतर्फ फर्किरहेको छ भने त्यसको कुनै अर्थ रहँदैन ।

नाटकले परिवर्तनको आधार तयार पार्छ, महेन्द्र मलंगिया, वरिष्ठ नाट्यकार÷नाट्य निर्देशक

त्यसबेला ठाउँ–ठाउँबाट कलाकारहरू ल्याएर हामीले नाटक गर्दथ्यौं । आज त्यस्तो अवस्था छैन । सबै जागिरमा लागेका छन् । सडक नाटकबाट कसरी पैसा आउँछ, त्यतातर्फ मात्रै ध्यान दिएको देखिन्छ । मञ्चीय नाटकमा धेरै नै ह्रास आएको छ ।

संघीय गठबन्धनसँग मात्र वार्ता हुन्छ – डा.ओम गुरूङ , प्रवक्ता, संघीय गठबन्धन

सरकारले मधेशी मोर्चालाई मात्र वार्तामा बोलाउनुको उद्देश्य अहिलेको गठबन्धनलाई फुटाएर कमजोर बनाउने, मुद्दालाई ओझेलमा पारिदिने र आन्दोलनलाई तुहाउने नियतले हो । मधेशी मोर्चालाई वार्तामा बोलाउनुको उद्देश्य मधेशी मोर्चाले उठाएका सबै माग पुरा गर्छौं भन्ने पवित्र भावना राखेर वार्तामा बोलाएको चाहीँ होइन ।

विषय छनौट गर्न विद्यार्थीमाथि अभिभावकले दबाब दिनु हुँदैन – सुधीर झा, प्रिन्सिपल, नासा इन्टरनेशनल कलेज

सबभन्दा पहिला विद्यार्थीलआफ्नो इच्छा व्यक्त गर्नुपर्छ । कुन विषय पढ्दा राम्रो गर्न सकिन्छ भन्ने कुराको निर्णय विद्यार्थीले लिनुपर्छ । कसैको दबाबमा विषय छनौट गर्नु हुँदैन । आफ्नै मनले सोचेको हुनुपर्छ । यदि अलमलमा परेको अवस्था छ भने आफूभन्दा सिनियरसँग सल्लाह लिनुपर्छ । त्यहाँबाट पनि भएन भने यहाँ आउनुस्, हामी राम्ररी सल्लाह दिन्छौं ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com