Editorial

शासकीय अहंकार हटाऊ

एमालेको राष्ट्रवादको हावा अरूले ती दल भित्रकै नेताहरूले खुस्काइ दिएका छन् । एमालेका नेताहरू योगेश भट्टराई, घनश्याम भुसाल र नारायण ढकाललगायतले राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध नामक शीर्षकको पुस्तिका निकालेका थिए ।

शीतलहरको कहरबाट जोगाऊ

जीउधनको सुरक्षाको जिम्मेवारी लिएको सरकार र तिनका निकायको बेवास्ताले हुने अकाल मृत्यु वास्तवमा मृत्यु हुँदैन त्यो हत्या हुन्छ । यसलाई सरकारले बेवास्ता गरेकै कारण तराई मधेशमा सयौं मधेशीले हत्या वरण गर्न बाध्य छन् ।

संशोधनको पक्षमा सक्रिय होऊ

सबै कुरा पाउन खोज्दा केही पनि नपाइएला भन्ने सामान्य ज्ञान राखेर नेतृत्व अघि बढ्न जरूरी छ । अहिलेको अवस्थामा मधेशको सवालमा एमालेले गर्दै आएको घातलाई जनताको माझमा लाने र मधेशबाट प्रतिनिधित्व गर्ने एमालेका नेताहरूलाई मधेशको सवालमा प्रष्ट्याउने काम पनि सँगसँगै थालिनुपर्दछ ।

रंगभेदमुक्त नेपाल निर्माण गर

मधेश चाहिने तर मधेशी नचाहिने विचारलाई अन्तरमनमा राखेर सांकेतिक वा अर्थहीन उपस्थिति राख्दै साझापनको नारा लगाउनेहरू मूलरूपमा देशद्रोहीहरू हुन् । रंगभेद र अखण्डता सँगसँगै जान सक्दैन भन्ने कुराको जानकारी राखेर भएपनि आफ्नो संगठन, सरकार, सञ्चारमाध्यम, बौद्धिक समूह र नागरिक समाज लगायत जस्ता अधिकारवादी मञ्चहरूलाई एकल नश्लीय वर्चस्वमा संचालन गरिराख्नु पीडाको विषय हो ।

संविधान कार्यान्वयनका चुनौती [सम्पादकीय]

संक्रमणकालमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई एउटा बिन्दूमा टेकाएर अगाडि बढाउनु पर्ने आवश्यकता आम मानिसको बुझाइ हो । देशभित्रका आफ्ना भीर पाखा र खेतबारी बाँझो राखेर अरूको खेतबारी हरियो बनाउन रोजगारी अवसरको खोजीमा दैनिक हजारौं विदेशिने क्रम रोकिएको छैन ।

छठको भाखा होइन सबैको संविधान बनाऔं

छठको भाखा कटाउनु भन्दा पनि संशोधन सुनिश्चित गरी देशलाई अगाडि बढाउनुपर्ने आवश्यकता सत्तामा साझेदारी गर्ने दल र प्रतिपक्ष दुबैको बोध जरूरी छ ।

अवसरको सदुपयोग गरौं

भारत उदीयमान शक्तिको लहरमा अग्रगतिमा बढिरहेकोले नेपालका लागि उसको सहयोग महत्वपूर्ण हुन्छ । त्यसैले नेतृत्वको ध्यान यसमा जानु आजको कार्यभार हो ।

मुद्दाकेन्द्रित होऊ

अहिले लोकमान प्रकरणले गर्दा संशोधन प्रक्रिया ओझेलमा पर्दै गइरहेकोले मधेशकेन्द्रित दलहरू त्यसप्रति गम्भीर हुनुपर्ने आवश्यकता देखिएको छ । मधेशकेन्द्रित दलका लागि लोकमान प्रकरण चासोको विषय होइन । त्यसैले, यस विषयमा अनावश्यक टिकाटिप्पणी गरिरहनु मधेशको हितमा छैन ।

धैर्य गुम्न नदिऊँ

मधेशीहरू नेपालमा बस्न चाहन्छन् । मंसुरको अभिव्यक्तिले आम मधेशीहरूको धैर्यको सीमा समाप्त हुने विन्दुतिर गइरहेको छ ।

शक्ति–समृद्धि–बुद्धिदायिनी देवीले सुबुद्धि दिऊन्

यो दशैंको विदामा नेताहरूले आग्रह पूर्वाग्रह छाडेर समस्याको समाधान गर्न मधेशीहरूलाई वास्तविक नेपाली राष्ट्रियताको मूलधारमा समावेशी समानुपातिक सिद्धान्तका आधारमा समावेश गर्ने जुक्ति झिक्नुपर्छ ।

देशलाई निकास देऊ

सत्तापक्ष र प्रतिपक्ष दुबैको सहयोगबाट संविधान संशोधन सम्भव छ । यो सत्तामा मधेशी आदिवासी जनजातिलगायतका पहिचानहीनहरूको अधिकारलाई सुनिश्चित गराउँछ । यो एक अवसर हो ।

संविधान संशोधन गर

पृथकतावादी आन्दोलन मधेशमा चर्किएर गएमा सरकारलाई मधेशी भुट्न बाटो खोल्न सजिलो हुने र सारा मधेशमा सेनाको व्यारेक खडा गरे दीर्घकालीन दोहन गरी विदेशमा स्वर्ग खडा गरेपछि नेपाललाई ध्वस्त बनाउने गन्तव्य तर्फ धकेलिरहेका एमालेका नेताहरूको कुत्सित बुझाइ सबैले समयमा बुझ्नु जरूरी छ ।

पात्रहरूका निमित्त

मधेशी मोर्चाको द्वैध चरित्र र वर्तमान संविधानबाट समानता र समन्यायको अनुभूति दिलाउन नसकेका पात्रहरूका निमित्त...

एमालेले साख जोगाउनुपर्छ

पछिल्लो चरणमा शंकर प्रोखरेलको मधेशप्रतिको अपमानजनक ट्विटले पहाडिया र सेता छाला भएकाहरू मात्र नेपाली भएको अरू सबै बाहिरिया भएको अर्थ दिने खालको रंगभेदी स्कूलिंगको पाठ प्रस्टयाइ दिएको छ ।

संघीयताको मार्गचित्र सार्वजनिक गरौं

अधिकारलाई बाँड्ने विषय गम्भीर हो । कुनै पनि समुदायलाई अधिकारबाट वञ्चित गराउन नहुने विषयको इमानदार बोध सबै राजनीतिक दलका शीर्ष नेताहरूमा हुनु आवश्यक छ । सो इमानदार बोधलाई प्रस्टरूपमा खाका बनाउनुपर्ने आवश्यकता पनि त्यतिकै छ ।

निर्वाचनको किचलो : संघीयता मास्ने खेल

संविधान घोषणा गर्न केही अघिदेखि सुरू भएको आपसी अन्तरकलह र मतमतान्तरले देश संकटमा फँसिसकेको अवस्थाबाट अहिले केही सहज देखिएको छ । आन्दोलनरत पक्षलाई सम्झौताको डोरीले बाँधेर संविधान सम्बोधनबाट समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

मधेशप्रति इमान्दार होऊ

तीन ठूला राजनीतिक दलले बुझ्न के जरूरी छ भने अब मधेशीलाई केही दिन अल्झाउन भने सकिन्छ तर ठग्न भने सकिदैन ।

धरातलीय राजनीति गर

मधेशी जनताको पहिचानका लागि लड्दैछु भनी दाबी गर्नेहरूको अचेल आफ्नो पहिचान र अस्तित्व गम्भीर मोडमा पुगेको छ । अधिनस्त र मध्यस्त परिवेशमा बाँचेर जनतालाई स्वतन्त्रताको नारा दिनेहरू विस्तारै आफ्नै समुदायमा खुइलिँदै गएका छन् ।

निर्लज्जताको पराकाष्ठा

प्रधानमन्त्रीको चुनावमा समर्थक पनि बस्ने र हामी सत्तामा छैनौं भन्ने कुराबाट मधेशी मोर्चाको दोधारे चरित्र प्रष्टिएको छ । मधेशी मोर्चाका नेताहरूले निर्लज्जताको पराकाष्ठा पार गरेका छन् ।

सरकारमा होइन, मधेशमा जाउ

मधेशी जनता डुबानमा परेका बेला मोर्चाका शीर्ष नेताहरू सत्ताको खेलमा लागेर बस्नु लज्जास्पद हो । अहिलेको समयमा सरकार होइन, मधेशी जनताको जीवन महत्वपूर्ण हो ।

बाढीपछिको विपत्ति र काठमाडौं मोह

आन्दोलनका लागि जनतालाई सडकमा उतार्ने नेताहरू अहिले सत्ता परिवर्तनको खेलमा लागेका छन् । एउटा विज्ञप्तिकै भरमा आफ्नो दायित्व पूरा भएको बुझ्नु जनताप्रति गैरजिम्मेवारीपन नै हो ।

जनताको घरदैलोमा जाऊ

सरकारमा जान नहुने निर्णय गरिसकेका राजनीतिक दलका नेताहरूले आआफ्ना क्षेत्रमा गएर जनतालाई प्रशिक्षित गर्नुपर्ने यो समय हो । समस्याको समाधान गर्न जनताका घरदैला चहार्नुपर्ने बेला हो ।

जनताको मन जित्ने भूमिका खेल

सरकारमा सहभागी हुनबाट आफूलाई जोगाउनु आन्दोलनलाई जोगाउनु जस्तो हुन्छ । त्यसैले, मधेशवादी दलका नेताहरूले अहिले भनिरहेजस्तो सरकारमा नजाने निर्णय गर्नु बुद्धिमानी हुन्छ ।

न्याउरी मारी पछुताउनबाट जोगौं

राजधानीकेन्द्रित आन्दोलनको प्रभावलाई शून्य आँकलन गरी बिनातयारी आन्दोलनको अर्को स्वरूपमा हामफाल्नु अहिले आत्मघाती हुनेछ । आपसी समन्वयमा देखिएको कमी कमजोरीलाई समाधान गरी गठबन्धनलाई अझ बढी बलियो बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

सरकार र मिडिया निष्पक्ष भएन

सरकारलाई वार्ताबाट समस्या समाधान गराउन न त विभेदकारी मिडियाले पहल गरेको छ न त सरकारले नै कुनै बोध गरेको छ । यसले देशमा तानिएको मसिनो पृथकतावादी रेखालाई बाक्लो बनाउनेछ ।

मधेशलाई डुबानबाट जोगाऊ

बाढी पीडितलाई बेवास्ता गरिए उनीहरूमा देशप्रति वितृष्णा पैदा गराउँछ । त्यसैले यस्ता आक्रोशलाई समयमै सम्बोधन गर्नु सबैका लागि हितकारी हुन्छ ।

सामाजिक सन्तुलन नखलबलाऊ

समाज सुधारका निमित्त सहकार्य, श्रमदान, सहयोग र सद्भावकेन्द्रित आन्दोलन प्रारम्भ गर्नु ठीक हो । । वर्षौंदेखि मधेश र मधेशीको पक्षमा इमान्दार भएर सक्रिय रहेका पात्रहरू यस्तो आन्दोलनमा होमिएर आफ्नो छवी कदापि बिर्गानु हुन्न ।

लोकसेवा आयोग परिवर्तनलाई आत्मसात गर्दै जाओस्

आयोगको जिम्मेवारी अझ प्रभावकारी ढंगबाट वहन गर्न र जनशक्ति छनौटको कार्य विश्वव्यापी रूपमा स्थापित मूल्यमान्यता तथा परीक्षण विधिको माध्यमबाट छनौट प्रणाली व्यवस्थित गर्दै लैजानु पर्ने सुझावलाई आयोगले ग्रहण गर्नुपर्ने देखिन्छ ।

गम्भीर सरकार होऊ

नेपालभित्रै रही आफ्नो सम्मान अधिकार, समानुपातिक सहभागिता, पहिचान र स्वाभिमानका लागि आन्दोलन गरिरहेका आन्दोलनकारीहरूको धैर्यताको बाँध टुट्नभन्दा पहिले नै यो शासनसत्ताको आँखा खुलोस् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com