Editorial

चीनले मधेशलाई उपेक्षा गर्यो

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतभन्दा अगावै नेपालका आधा जनसंख्याभन्दा बढीको नेतृत्व गर्ने राजनीतिक दलहरूले चिनियाँ राजदूतावासमार्फत जारी आन्दोलन र त्यसका मागबारे अवगत गराएका थिए । तर, अधिकारका लागि आन्दोलित मधेशका जनतालाई छिमेकी राष्ट्र चीनले पूर्णरूपमा बेवास्ता गरेको छ ।

पहाडी कांग्रेसलाई नेपाली कांग्रेस बनाउ

पहाडी कांग्रेसबाट नेपाली कांग्रेस बनाउन ती दलका नेता तथा कार्यकताहरूले पार्टीका चरित्र र संरचना व्यवहारिक रूपमा फेर्नुपर्ने आवश्यकता रहेको छ । समयको अवश्कता बुझेर पहाडी कांग्रेसलाई नेपाली कांग्रेस बनाउनु उचित हुनेछ ।

आन्दोलनहरू, देउवा र मधेश

नेपाली कांग्रेसको आधारभूमि रहेको मधेशलाई अबको नेतृत्वले विभेद ग¥यो भने कांग्रेस निषेधित क्षेत्र मधेश हुनसक्छ । मधेशी जनताले जुनसुकै पार्टी भएपनि मधेशमा विकास गरोस् भन्ने चाहन्छन् ।

नेपाली काङ्ग्रेस र मधेश

काङ्ग्रेस पुरानो “कुट विधि” अपनाउनु भनेको मधेशलाई देशबाट अलग्याउन खोजेको ठहरिने पुराना काङ्ग्रेसीहरूको बुझाइ छ । जुन बुझाइ अहिले वर्तमान मधेशको छ । यसको हेक्का काङ्ग्रेसी नेतृत्वले राख्नै पर्छ ।

ओलीको भारत भ्रमणबाट मधेशको अपेक्षा

प्रधानमन्त्री ओलीले भारतले सम्बन्धको सुधारका लागि देखाएको लचकतालाई सँगालेर मधेशलाई साथ लिएर देशलाई अगाडि बढाउनुपर्ने आवश्यकता बोध गर्नुपर्छ । मधेशको छातीमा खोपिएका ५५ घाउमा मलम दल्ने प्रतिबद्धता दिलाउनु र तदनुरूप व्यवहार गर्नु ओलीको सदभाव भ्रमणको सार्थकता ठहरिने छ ।

मधेश आन्दोलनका ज्यादतीको छानबिन होस्

कसैको प्रभावमा परेर यो वा त्यो घटनाको छानबिन गर्नु र त्यसअनुरूपको कारबाही माग गर्नु द्वन्द्व समाधान गर्नुको साटो द्वन्द्व भड्काउनु ठहर्छ । त्यसैले मधेश आन्दोलनका ज्यादतीको न्यायपूर्ण छानबिन गरी दोषीलाई कारबाही गरियोस् ।

अधिकारको आन्दोलन र एकाङ्गी संघर्ष

मधेश आन्दोलनको सफलताका लागि सबै सरोकारवालाबीच साझा मुद्दा र कार्यदिशाको निक्र्यौल गर्नुपर्छ । सबै सरोकारबालाहरू माझ आन्दोलनको सबै स्वरूप र उनीहरूले खेल्ने भूमिकाको खाका प्रस्ट पारेर अघि बढनुपर्ने छ ।

नेतृत्वको अदूरदृष्टि र आन्दोलनको मानमर्दन

आन्दोलन किन गर्ने, कसरी गर्ने, कस–कसको भूमिका हुने र साझा मागहरू के–के अघि सार्ने भन्ने विषयमा सहधर्मीहरूसँग सघन छलफल नगरी आवेग र आदेशमा गरिएका निर्णयले मधेश मर्माहित भएको छ ।

६७औं गणतन्त्र दिवसको शुभकामना

नेपाल भ्रमण गरी जनजनबाट प्रशंसा बटुलेर नेपालबाट मोदी फर्केपछि नेपाल भारत सम्बन्धलाई बिगार्नेहरू सक्रिय भइआएको प्रस्ट देखिन्छ । उनीहरूको लागि मधेश आन्दोलन उचित बाटो बन्न पुग्यो ।

संघर्ष, सहादत र सत्ता

बलिदान दिवसको अवसरमा अधिकार सुनिश्चित गर्न र त्यसलाई ठोस पारिरहनका लागि आन्दोलनबाट थप अग्रगामी बाटो फराकिलो गर्नुपर्ने आवश्यकता बाहेक अन्य केही देखिदैन । व्यक्तिगत स्वार्थ पूरा गर्ने आफ्ना उत्कट चाहना बोकेका राजनीतिक दलहरूको अध्यक्षले आफ्नो आफ्नो जातिको पार्टी बनाएर अगाडि बढे ।

मधेशमुखि राजनीति गर

सत्ता मोहलाई गर्भमा राखेर अधिकारमुखि आवाज निकाल्नेहरूसँग मधेशका युवापुस्ताले हिसाबकिताब गर्नुपर्छ । मधेश कसैको कमाइखाने भाँडो बन्नदिनु हुँदैन । मधेशमा राजनीति गर्न हिंडेकाहरूले आफू सत्तामा हुँदा मधेशका लागि के–के काम गरे बारे सूची सार्वजनिक गर्नसक्नुपर्छ ।

नश्लवादी राजनीति बन्द गर

मधेशका नागरिकहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाको प्रत्याभूति दिनुको साटो मधेश हुँदै सबै कुरो ल्याउने तर मधेशलाई केही नदिने नीति कायम राखेका कारण आक्रोश झन् बढेको छ ।

समानता कि स्वतन्त्रता ?

मधेश आन्दोलनलाई बदनाम गरी अन्यायको पक्षमा बोलेर देशलाई नै घाटा हुँदैछ । राज्यको अंगहरूमा क्षमतासहितको सम्मान स्थान दिने कि दमन गरेर स्वतन्त्रतालाई बल पु¥याउने यो राज्यको नियतिमा भर पर्छ ।

सञ्चार अनुगमन देशव्यापी गर

राज्यले गरेको विभेद र नेपाली मिडियाको समर्थन अझै जारी छ । न त राज्यले विभेद गर्न छाडेको छ न त उक्त विभेदलाई नेपाली मिडियाले समर्थन गर्न छाडेको छ । काठमाडौंका अधिकांश सञ्चार माध्यमहरुको प्रकृति, प्रवृत्ति र संरचनालाई केलाउने हो भने यिनीहरुले खस सत्तालाई टिकाइराख्न एकहोरो रुपमा गरेको नश्लवादी पत्रकारिता नै हो भन्न सकिन्छ ।

सामाजिक सद्भाव कायम गरौं

एउटा मूलकालाई अवसर र अर्को मूलकालाई शोषण गरेर राष्ट्रिय अखण्डता जोगाउन सकिदैन । यही सत्य हो, त्यसैले दुवै नश्ललाई अवसर, चुनौती, जिम्मेवारी र दायित्वमा समानता दिन सक्ने हो भने सम्भाव्य साम्प्रदायिक राजनीतिलाई रोक्न सकिन्छ ।

नश्लीय पत्रकारिता र मधेशी

मधेशीले गरेको सीमा अवरोधलाई भारतीय नाकाबन्दीको संज्ञा दिएर मधेशीको आन्दोलनलाई अपमान गर्ने पत्रकारितालाई राष्ट्र हितकारी कसरी मान्न सकिएला ?

प्रधानमन्त्री राजीनामा देऊ

अनन्तकालीन जातीय द्वन्द्वतर्फ नेपाललाई घचेटेर एउटा समुदायलाई आशा र अर्कोलाई त्रास देखाई शासन सत्ता चलाउनु राजनीतिक मुख्र्याई बाहेक केही होइन । ओलीको ज्ञान, शब्द, सोच र कार्यशैली अराजक तथा साम्प्रदायिक देखिएकोले नेपालको अखण्डता माथि नै असर पर्न थालेको छ ।

सरकारले राज्यसँग जनताको दूरी बढाउँदैछ

मधेश आन्दोलनलाई बेवास्ता गर्दै मधेशी जनतालाई असमान जीवन बाँच्न बाध्य बनाएको नेपाल सरकारले क्रमिकरूपमा राज्यसँग जनताको दूरी बढाउँदैछ र आन्दोलनलाई हिंसक बनाउन वातावरण तयार गर्दैछ ।

नश्लवादीहरूको राष्ट्रवाद

नेपाल राष्ट्र एउटा र राष्ट्रियता दुईटा भएको मुलुक हो । पहाडी राष्ट्रियता र मधेशी राष्ट्रियता । पहाडी राष्ट्रियता बोकेका समुदायले नेपालमा २४० सालदेखि एकछत्र रूपमा शासन र प्रशासन चलाउँदै आएका छन् । नेपालको न्यायपालिका, कार्यपालिका,

देश आफ्नो बनाऊ

जहाँ जातको आधारमा ताज र जन्मको आधारमा लाज नहोस् । त्यसैले देश आफ्नो बनाऊ । अधिकार भिकको रूपमा र अवसर अनुदानको रूपमा प्राप्त नहोस् ।

अवरोधको आन्दोलन विग्रहतर्फ

मधेशी समुदायमा राज्यप्रति प्रेम र भय हराउँदै गएको छ । दासत्वको जीवनभन्दा मृत्युलाई सहर्ष स्वीकार गर्ने जमात बढ्दै छ । सरकारको बेवास्ता र मधेशी नेताहरू माथिको अविश्वासले मधेश आन्दोलन स्वतन्त्रता तर्फ जाँदैछ । राज्य माथिको अविश्वास र पहाडे समुदायप्रतिको द्वेषले सम्प्रदायिक हिंसा भड्किने हो कि भन्ने चिन्ता र चासोको बनेको छ ।

आन्दोलन झन् सशक्त बन्दैछ

आन्दोलनलाई उचित सम्मान र समाधान भएन भने मधेशी आन्दोलनले फरकधार समात्न सक्छ । आज मधेशीहरू यसै मुलुकभित्र अधिकार खोज्दैछन् भोली आन्दोलनले उचाई लिँदै गयो भने राज्यले सम्हाल्न नसक्ला कि ? बेलामै विचार गरौं ।

ओलीको नेतृत्व : अलगावको पूर्वाधार

ओलीको भारतसँगको सम्बन्ध, सम्पर्क, लगानी र भक्ति लुकेको छैन । ओलीको राजनीतिक जीवन र पार्टीको अध्यक्ष हुँदासमेत उनको भारतभक्ति जगजाहेर छ । ओलीले मधेशीलाई नेपाली नठान्ने, मधेशका नागरिकलाई माखो (झिंगा) भन्दै हिंड्ने र मधेशलाई दमन गरेर तह लगाउनुपर्छ भन्ने सोच राख्ने पात्रको रूपमा आममधेशीले लिएको छ ।

स्वार्थकेन्द्रित मित्रता र उग्रराष्ट्रवाद (लगानी गर तर, निगरानी नगर)

उग्रराष्ट्रवादीहरूको एउटा बथानले भारतलाई अपमानित गरेर नेपाल–भारत सम्बन्ध बिगार्ने र सीमाक्षेत्रमा कडाई गरेर मधेशीलाई थप पीडा दिने योजनाामा लागेका छन् । मधेशीहरूसँग भारतको सम्बन्ध बिगार्न र मधेश भित्र भारत विरोधी भावना बढाउनका निमित्त थुप्रै प्रपञ्चहरू प्रारम्भ भएको छ ।

ठूला दलको साम्प्रदायिक चरित्र : अलगावको संकेत

नेपालको विधायिका, कार्यपालिका, न्यायपालिका, पत्रकारिता, अधिकारकर्मी, सुरक्षा निकाय, वैदेशिक क्षेत्र र छिमेकीहरूको समर्थनमा एकछत्र कब्जा गरेका गैरमधेशी समुदायले आफ्नै मुलुकमा ५०% जनघनत्व रहेको मधेशी समुदायलाई न्यायोचित स्थान दिन नखोज्नु नै समस्याको मूल जड हो ।

नेपालीहरूको संविधान पारित

मधेशमा आएर ५५ स्थानमा विजय प्राप्त गरेका नेपाली कांग्रेस, ४० स्थानमा विजय प्राप्त गरेका एमाले र १२ स्थानमा विजय प्राप्त गरेका एमाओवादीको सामूहिक राजनीतिक साम्प्रदायिक व्यवहारबाट मधेशीहरू पुनः शिकार भएका छन् ।

मधेश चाहिन्छ, मधेशी चाहिन्न ?

अपमानको पीडा र बदलाको भावनाले वर्षौंसम्म अपराधलाई जिवित राख्न सक्छ । ‘‘नेपाल’’ कुनै जात, पार्टी, नेता, विदेशी वा समुदायको नीजि पेवा होइन । राजधर्मको पालन नगर्ने सरकार र आफ्नै जनताको हत्या गराउने गृहमन्त्रीलाई बर्खास्त गरी कानूनी प्रक्रियाबाट अदालत मार्फत दण्डित गराउन सकिएन भने हाम्रो मुलुक नराम्रो मुलुक बन्न सक्छ ।

कता जाँदैछ मधेश ?

हत्या, हिंसा र दमनले तत्कालीन अवस्थामा आन्दोलन त शान्त गर्न सकिएला तर त्यो समाधान होइन । सामुदायिक द्वेष, घाउ, दाग र अपमानहरूले लामो यात्रा गर्न सक्छ ।

गृहमन्त्री राजीनामा देऊ

आन्दोलनकारी र सुरक्षाकर्मी दुवैलाई असुरक्षित बनाउने गृहमन्त्रीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्छ । गृहमन्त्री वामदेव गौतम अविलम्ब राजीनामा दिएर वार्ताको मार्ग प्रशस्त गर्नुपर्छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com