ग्लोबल आइएमई बैंकद्वारा प्रदेश नं. ५ सरकारलाई सहयोग

अर्थ/वाणिज्य

       

बुटवल, २२ जेठ । ग्लोबल आइएमई बैंकले कोरोना भाइरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद रु. २५ लाख सहयोग गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच बैंकको प्रदेश नं. ५ का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं. ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले कोरोना भाइरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण रहने उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए ।

कोभिड–१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाइरस विरुद्ध लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया