संशोधन विधेयकलाई कांग्रेसको पूर्ण समर्थन

राजनीति

       

काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसले संविधान संशोधन विधेयकलाई पूर्ण समर्थन गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर बनाइएको नेपालको नक्सासहितको निशान छाप संविधानको अनुसूचीमा राख्ने संविधान संशोधन प्रस्तावलाई कांग्रेसको पूर्ण समर्थन रहेको बताए ।

खाँणले विधेयकको पक्षमा मतदान गर्नका लागि कांग्रेस केन्द्रिय समिति बैठकले नै निर्णय गरेको भन्दै कांग्रेस संसदीय दल विधेयकको पक्षमा रहेको बताए ।

भारतले लिम्पियाधुरा,लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्दा कांग्रेसले विरोध गरेको, सो भूमि समेटेर नक्सा जारी गर्न सरकारलाई दबाब दिँदै आएको भन्दै उनले सरकारले ल्याएको विधेयक सकारात्मक रहेको भन्दै समर्थन गरेको बताए ।

कांग्रेस सचेतक पुष्पा भुषालले संविधान संशोधन विधेयकमा आफ्नो पूर्ण समर्थन रहेको बताइन् । संविधान संशोधनलाई सर्वसम्मत पारित गराउन पनि उनले आग्रह गरिन् । सांसद गगन थापाले नक्सा मात्र होइन नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउने संकल्प प्रस्ताव पनि सँगै पारित गर्न उनले आग्रह गरे ।

नक्साका सम्बन्धत्रमा सिंगो देश एक ठाउँमा उभिएको भन्दै माटो जोगाउने कुरामा प्रधानमन्त्रीलाई साथ रहेको बताए । त्यस्तै, कांग्रेस सांसद मिनेन्द्र रिजाल,डिला संग्रौला, मानबहादुर विश्वकर्मालगायतले विधेयकमा समर्थन रहेको बताए ।

तपाईको प्रतिक्रिया