नेपाली भूमि फिर्ता ल्याउन भारतसँग वार्ता गर्नुपर्छ : नेता कोइराला

राजनीति

       

विराटनगर, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली भूमि फिर्ता लिन भारतसँग वार्ता गर्नुपर्ने बताएका छन् ।

पार्टी नेतृ शैलजा आचार्यको ११ औँ स्मृति दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा उहाँले लिपुुलेक, कालापानी तथा लिम्पियाधुुरा नेपालको भूमि भएकाले सरकारले भारतसँग वार्ताका माध्यमबाट समस्या समाधान गरी उक्त भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिए ।

भूभाग फिर्ता ल्याउने विषयमा अन्तर्राष्ट्रियकरण वा अन्तर्राष्ट्रिय अदालतमा जानुभन्दा वार्तावाटै समस्याको समाधान खोज्न सरकालाई उहाँले आग्रह गरे ।

मुलुकमा कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा त्यसको नियन्त्रण र रोकथामका लागि सरकार गम्भीर हुुनुुपर्नेमा जोड दिँदै थ्रोट स्वाब (पीसीआर) परीक्षणको दायरा फराकिलो बनाउनुुपर्नेमा उनले बताए ।

तपाईको प्रतिक्रिया