जसपाको विरोध प्रदर्शन कार्यक्रममा लोक दलको ऐक्यबद्धता

समाचार

       

काठमाडौं, १५ असार । कौशल कुमार सिंह नेतृत्वको लोक दलले नागरिकता विधेयक विरुद्धको प्रदर्शन कार्यक्रममा ऐक्यबद्धता जनाएको छ ।

नागरिकता विधेयकको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले असार १६ गते मंगलबार काठमाडौंसहित देशैभरका सदरमुकाम तथा मुख्य शहरहरुमा विरोध प्रदर्शन तथा सभाको घोषणा गरेको छ ।

जसपाको सो कार्यक्रमप्रति लोक दलको समर्थन र ऐक्यबद्धता रहेको लोक दलका अध्यक्ष सिंहले सोमबार एक विज्ञप्तिमार्फत जनाएका छन् ।

संसद र सडकमा नागरिकता विधेयकको विरोधमा उत्रेका जसपा र नेपाली कांग्रेसले गर्ने कार्यक्रमलाई लोक दलले समर्थन गर्ने निर्णय गरेको सिंहले बताएका छन् ।

तपाईको प्रतिक्रिया