नागरिकता विधेयविरुद्ध जनकपुरमा प्रदर्शन

समाचार

       

जनकपुरधाम, १५ असार । नागरिकता संशोधन विधेयकमा गरिएको विदेशी बुहारीलाई सात वर्षपछि मात्र नागरिकता दिने व्यबस्था खारेजीको माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले आइतबार जनकपुरमा पार्टी कार्यालयबाट शुरु गरिएको विरोध ¥याली क्याम्पसचोक, मुरलीचोक, रामाचोक हुँदै जनकचोकमा गई कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल महिला संघकी क्षेत्रीय सचिव सम्झना वर्माले नेकपाको निर्णयले लैंगिक समानताको खिल्ली उडाएको भन्दै विधेयक खारेज नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिइन् ।

तपाईको प्रतिक्रिया