मधेशी नेता नै मधेशी जनताको राजनितिक शिकार : सुरेन्द्र मधेशी

राजनीति

कमल कुमार मण्डल

       

राजविराज, २० असार । मधेशी नेता नै मधेशीहरुको राजनीतिक शिकार रहेको जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशीले आरोप लगाएका छन् । नागरिकता विधेयक विरुद्धमा शुक्रबार अयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

विदेशी महिलासँग नेपालीले बिहे गरेमा महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने ल्याएको विधेयको विरोधमा जनमत पार्टी सप्तरीद्वारा राजविराजमा प्रदर्शनसहित प्रधानमन्त्रीको पुतला समेत दहन गरिएको छ ।

स्थानीय हरिनन्देश्वर शिव मन्दिरको प्रांगणबाट निकालिएको विरोध प्रदर्शनमा विभेदकारी नागरिकता विधेयक खारेज गर, अधिकार खोस्न पाईदैन, मधेशी एकता जिन्दावाद, रंगको आधारमा विभेद गर्न पाईदैन, मधेशी सहिद जिन्दावाद जस्ता नाराहरु लागाउँदै त्रिभुवन चौक हुँदै नगरलाई परिक्रमा गर्दै शहिद दर्शन चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै पार्टीका नेताहरुले यो नागरिकता विधेयक नसच्याएमा हामीले कडा आन्दोलनमा उत्रिने बताए । योे नागरिकता विधेयक मधेश विरोधी रहेको दावी गरे ।

कोरोना भाइरसको समयमा मधेशी जनतालाई सडकमा उत्रिन सरकारले बाध्य गरिएको जनमत पार्टी सप्तरीका इन्चार्ज तथा वरिष्ठ नेतृत्व मण्डलका सूचना प्रमुख सुर्यदेव यादवले बताए ।

उनी यो नागरिकता विधेयकलाई घोर भात्सर्ना गर्दै उक्त विधेयक फिर्ता लिन आग्रह समते गरे । कोणसभा अघि पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्रीको पुतला दहन गरिएको थियो । प्रहरीले पुतला दहन गर्ने क्रममा सामान्य अवरोध पुर्याएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय समितिको उपाध्यक्ष र गैर आवासिय मधेशी संघ कतारको प्रतिनिधि सुरेन्द्र ना. यादवले हामीले विभिन्न देशहरु भ्रमण गरेपनि, कुनैपनि देशमा यस्ता विधेयक नभेटिएको बताए । यो नागरिकता विधेयक विभेदकारी रहेको भन्दै यसलाई सच्याउन माग गरे ।

जनमत पार्टी सप्तरीका संयोजक चन्देश्वर मण्डल (किसान) को अध्यक्षतामा अयोजना गरिरएको कोणसभामा अनिस अंसारी, उसमान मंसुरी, शुशिला यादव, शंकर खडगा्, मनोज यादव, आलोक यादव, जुलेखा विवि, मदनेश चौधरी, रमेश प्रसाद यादवलागायकतका पार्टीका नेता तथा कार्यक्रताहरुले नगरिकता विधेयकको विरुद्धमा आ आफनो धारणा राखेका थिए । कोणसभाका उद्घोषण तिर्थानन्द यादवले गरे भने, स्वागत मन्तव्य नारायण यादवले व्यक्त गरे ।

तपाईको प्रतिक्रिया