जनकपुरधाम, २४ असार । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश २ सरकारले स्थापना गरेको राहत कोषमा ग्लोबल आइएमई बैंकले दस लाख सहयोग गरेको छ ।
ग्लोबल आइएमईका प्रतिनिधिहरुले बुधबार मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई दश लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंकले सहयोग गरेका छन् भने केही सामाजिक संस्था र उद्योगपतिले समेत सहयोग गरेका छन् ।
प्रदेश सरकारले राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया