स्वामी विवेकानन्द कल्चरल सेन्टरद्वारा साउन १५ को शुभकामना

समाचार

       

काठमाडौं, १६ साउन । स्वामी विवेकानन्द कल्चरल सेन्टर, भारतीय दूतावास काठमाडौंले साउन १५ अर्थात खिर दिवसको शुभकामना प्रदान गरेको छ ।

कल्चरल सेन्टरले सामाजिक सञ्जाल ट्वीटर मार्फत सम्पूर्ण नेपालीहरुमा शुभकामना प्रदान गरेको हो ।

उसले सामाजिक सञ्जालमा ट्वीटरमा लेखेको छ( “सबै नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई श्रावण १५ अर्थात् खीर खाने दिनको शुभकामना !”

कल्चरल सेन्टरले नेपाल–भारतबीच रहेको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्ने कामलाई बढवा दिँदै आएको छ ।

स्वामी विवेकानन्द कल्चरल सेन्टरले नेपालमा योगा, तबला, गायन र भरतनाट्यम नाच लगायतको प्रशिक्षण समेत दिने गरेको छ ।

तपाईको प्रतिक्रिया