घरबाटै इद मनाउन मुस्लिम आयोगको आग्रह

समाचार

       

काठमाडौं, १६ साउन । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर इद उल अज्हा मनाउन आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शनिबार परेको इदको शुभकामना व्यक्त गर्दै घरमै नमाज पढेर इद उल अज्हा मनाउन प्रेस विज्ञप्तिमार्फत आग्रह गरेका हुन् ।

‘इद उल अज्हाको नमाज पनि ५ जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्माहरु मुफ्तीहरु, नेपाली जामे मस्जिद पञ्च कश्मीरी ताकिया जामा मस्जिदका पदाधिकारीहरुको सल्लाहबमोजिम अन्य सबै आ–आफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ ।

तपाईको प्रतिक्रिया