इजरायलले प्रदेश २ लाई दियो स्वास्थ्य सामग्री

समाचार

       

जनकपुरधाम, १६ साउन । कोरोना भाइरसले आक्रान्त प्रदेश २ सरकारलाई इजरायली सरकारले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोनाविरुद्ध लड्न इजरायली सरकारले प्रदेश २ को समाजिक विकास मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

चार सय थान पिपिई, १ हजार थान केएन–९५ मास्क, १० हजार थान सर्जिकल मास्क, ५ हजार थान सर्जिकल ग्लोभ्स र १ सय जार ह्यान्ड सेनिटाइजर इजरायल सरकारले सहयोग गरेको हो ।

उक्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार विभिन्न जिल्लालाई उपलब्ध गराइने छ । स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु अगाडी मन्त्री साह र नेपालस्थित इजरायली दूतावासका प्रतिनिधिबीच भिडियो कन्फ्रेन्स भएको थियो ।

कन्फरेन्समा कोभिड–१९ र प्रदेश २ सरकारको रणनीति विषयमा छलफल भएको मन्त्री साहले बताए । मन्त्री साहसँग दूतावासका प्रतिनिधिहरुले इजरायली सरकारले भविष्यमा समेत कोभिड–१९ को सामना गर्न प्रदेश २ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया