मन्त्री सोनलले घर किनिदिएको कुरा झुठो हो : डा.झा

समाचार

       

काठमाडौं, १७ साउन । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई घर किनिदिएको कुरा झठो रहेको कुरा नेता डा.सुरेन्द्र झाले बताएका छन् ।

उनले शनिबार मधेशवाणीलाई खण्डन पठाउँदै यस्तो कुरामा सत्यता नरहेको र भ्रमपूर्ण मात्र रहेको बताउँदै मन्त्री सोनलसँग सम्बन्धित कुराहरुको प्रष्टिकरण अविलम्ब आउनुपर्ने मागसमेत गरेका छन् ।

‘प्रदेश २ मा लुटतन्त्र : सोनलको व्यापक चर्चा’ शीर्षकमा मधेशवाणी साप्ताहिक पत्रिका र वेबसाइटमा समाचार प्रकाशित भएको थियो । समाचारमा उल्लेखित अनियमितता र भ्रष्टाचारका विषयमा नेता डा.झाले कुनै असहमति जनाएका छैनन् ।

महन्थ ठाकुरको नाम जोडिएकोले उनले आपत्ति जनाएका छन् । साथै उनले मन्त्री सोनलले पनि स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।

डा. झाले पठाएको खण्डनमा भनेका छन्, ‘मा. महन्थ ठाकुर कुनै घर किन्नुभएको छैन । हाल वहा छोरी-ज्वाईसंगै बस्दै आउनु भएको कुरा जानकारी गराउन चाहन्छु ! छोरी र ज्वाई चिकित्शा बिज्ञानमा एम डि अध्ययन पुरागरी विगत ५–६ बर्ष देखि व्यवशायिक अभ्यास गर्दै आउनु भएको छ! साथै ज्वाई उच्च मध्यम वर्गको परिवारीक पृष्ठभूमिको हुनुहुन्छ ! दाई-भाईमा घर व्यवहार मिलाउने क्रममा अपार्टमेन्टमा एउटा घर किन्नु भएको हो जसकोलागि वहाको आर्थिक हैसियत प्रयाप्त छ !’

‘मा. महन्थ ठाकुरले घर बनाउने र सम्पती जोड्ने सोच राख्नु भएको भए जीवनको ७६ बर्ष कुर्नु पर्दैनथ्यो र आज पनि घर किन्दिन सहयोग गर्ने दाताको नाम लिस्ट बनाउनु पर्यो भने मलाई लाग्दैन कि सोनलजीहरु जस्तो व्यक्तिहरु त्यो तगारमा पर्नुहोला !’ उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया