जानकी मन्दिरको माटो पशुपतिमा पूजा गरी अयोध्या पठाइने

समाचार

       

जनकपुरधाम, १७ साउन । रामजन्मभूमि अयोध्यामा राम मन्दिरको शिलान्यासको लागि जनकपुरको जानकी मन्दिरको माटो पठाइने भएको छ ।

रामजन्मभूमि अयोध्यामा ५ अगस्तमा हुने मन्दिरको शिलान्यासमा माता जानकी मन्दिर जनकपुरको माटो पठाउने राष्ट्रिय एकता अभियानले जनाएको छ ।

अभियानका अध्यक्ष बिनय यादवले जनकपुरस्थित जानकी मन्दिरबाट माटो लिएको जनाउँदै त्यसलाई अयोध्या पठाउने तयारी भएको बताए ।

अभियानका सदस्य मनीष हिन्दूले मन्दिरबाट लिएको माटो पशुपतिनाथमा पूजा अर्चना गरी अयोध्याको लागि पठाइने बताए ।

तपाईको प्रतिक्रिया