जलेश्वरमा निशेषाज्ञा : बिहान खुकुलो, साँझ कडा

समाचार

       

महोत्तरी, १७ साउन । जिल्ला प्रशासन कार्यालय महोत्तरीले कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि लगाएको जलेश्वर नगर क्षेत्रभित्रको पाँचदिने निशेषाज्ञाको पहिलो दिन सफल भएको छ ।

शुक्रवार राती ११ बजेबाट शुरु भएको निशेषाज्ञा पालना गराउन भार्गेश्वर कुटी,जिरोमाइल, नगरपालिका चौक तथा मलिवारामा विशेष जाँच शुरु गरिएको हो । विशेष जाँचमा नगरभित्र प्रवेश गर्ने पैदलयात्रीलगायत यातायातका साधनहरुलाई निषेध गरिएका छन् । पहिलो दिन विहान २ घण्टा पैदलयात्रीलाई किनमेलको लागि सामान्य छुट दिइएपनि शनिवार दिनभर बजार क्षेत्र सुनसान रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयले विपद् ब्यबस्थापन समितिको निर्णय बमोजिम जलेश्वर नगरपालिको पूर्वमा भार्गेश्वर, पश्चिममा राबिम क्याम्पस, उत्तरमा प्रकौली चौक तथा दक्षिणमा धबौली रातो पुलभित्र निशेषाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेको हो । निशेषाज्ञा पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने समेत जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया