रौतहटको पौराइ ब्रम्हस्थान १५ दिनका लागि बन्द

समाचार

रुपेन्द्र पटेल

       

रौतहट, १८ साउन । रौतहटको चर्चित धार्मिकस्थलको रुपमा रहेको पौराइ ब्रम्हस्थान १५ दिनका लागि बन्द गरिएको छ ।

कोरोना भाइरस भयानक रुप लिएपछि रौतहटको चन्द्रपुर—१ मा रहेको पौराइ ब्रम्हस्थान १५ दिनका लागि पूर्ण रुपमा बन्द गरिएको हो ।

पौराई ब्रम्हस्थान मन्दिरमा दर्शन गर्ने श्रदालुहरुको भिडभाड बढ्न थालेपछि सो मन्दिरको चारैतिरका गेटहरु शनिबार साँझ देखि भदौ २ गतेसम्म बन्द गरिएको पौराइ ब्रम्हस्थान निर्माण सुधार संघका अध्यक्ष रुपेश पण्डितले बताएका छन् ।

श्रादालुहरुलाई अब भादौ २ गतेसम्म मन्दिर बन्द रहने भएपछि दर्शन गर्न नपाउने एक सुचना मार्फत जनाकारी गराइएको छ ।

तराईमा कोरोनाको रुप परिवर्तन भएसँगै मन्दिरमा भिडभाड बढ्न थालेपछि बाध्य भएर मन्दिरमा हुदै आएको दैनिक पुजापाठ बन्द गर्नु परेको अध्यक्ष पण्डितको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया