भारतीय प्रधानमन्त्री मोदीकी बहिनीले पठाइन् पाकिस्तानबाट राखी

समाचार

       

काठमाडौं, १८ साउन । रक्षाबन्धनको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पाकिस्तानी बहिनी कमर मोहसिन सेखले राखी पठाएकी छिन् ।

भारतीय सञ्चारमाध्यमसँग बोल्दै उनले भनिन्, ‘सुरक्षालाईको विषयलाई ध्यानमा राख्दै यस पटकको रक्षा बन्धनका लागि मैले कुरियर मार्फत राखी पठाए, दीर्घायुको कामना गर्दै भाइले सधैं यसरी नै काम गरुँन र म भगवानसँग यहीँ प्रार्थना गर्छु ।’

उनले भनिन्, ‘मलाई आसा छ रक्षा बन्धनको दिन हामीबीच भिडियो कलमार्फत सम्पर्क हुनेछ ।’ उनले अघि भनिन्, ‘एक बहिनीले आफ्नो भाइको सुन्दर जिवनको कामना गर्छिन्, यो वर्ष कोरोना भाइरसको माहामारीका कारण २५ औं रक्षाबन्धनमा मैले आफ्नो हातबाट राखी बाँध्न पाएन ।’

उनले प्रधानमन्त्री मोदीले महामारीको संकटलाई समते राम्रो तरिकाले नियन्त्रण गरेको भन्दै यसै गरिन संकटलाई नियन्त्रण गर्दै न्युनिकरणको कामना गरेकी छिन् ।

तपाईको प्रतिक्रिया