लिपुलेक नजिकै चीनले बढायो सैन्य गतिविधि

समाचार

       

काठमाडौं, १८ साउन । नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले लिपुलेक नजिकैको सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाएको छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार चीनले ‘पिपुल्स लिबरेसन आर्मी’ (पीएलए) को एउटा बटालियनलाई लिपुलेक नजिकै तैनाथ गरेको छ ।

नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले एकाएक सो क्षेत्रमा सैन्य गतिविधि बढाएको भारतीय मिडियाको दावी छ । चीनको सो भूमिकालाई भारतीय मिडियाले आशंकाका दृष्टिले हेरेका छन् ।

भारतीय शीर्ष सैन्य कमाण्डरलाई उद्धृत गर्दै केही भारतीय अखबारका अनलाइन संस्करणले यसबारे समाचार प्रकाशित गरेका छन् ।

भारतले लिपुलेक हुँदै कैलाश मानसरोवरलाई जोड्ने सडक निर्माण गरेपछि सो क्षेत्र चर्चाको केन्द्रमा आएको हो ।

पछिल्लो समय नेपालले कालापानी नजिकै सशस्त्र प्रहरी बल तैनाथ गर्न थालेको र चीनले पनि लिपुलेक नजिकै एक हजारको हाराहारीमा सैनिक तैनाथ गरेको अवस्थालाई भारतीय मिडियाले आशंकाको नजरले व्याख्या गरेका छन् ।

तपाईको प्रतिक्रिया