रौतहटमा वडा अध्यक्षको मृत्यु

समाचार

       

रौतहट, १९ साउन । इशनाथ नगरपालिका–५ का वडाध्यक्ष देवेन्द्र ठाकुरको सोमबार बिहान निधन भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको निधन भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीनबन्धु यादवले जानकारी दिए ।

स्वासप्रश्वासमा समस्या देखिएपछि निधन भएकाले निजलाई कोरोना संक्रमण आशंका गरिएको छ । उनी केही दिनयता ज्वरो, रूघा र खोकी लागेर बिरामी परेका थिए ।

रक्तचाप र मधुमेह (प्रेसर र सुगर) को समस्या भोग्दै आएका ठाकुरले आइतबार मध्यरातमा राम्ररी सास फेर्न नसकेपछि उपचारका लागि सदरमुकाम गौरतर्फ लगिएको थियो ।

तर बाटैमा निधन भएपछि शव फर्काएर अहिले घरमै राखिएको छ । तर, तीन दिनअघि मात्रै उनमा संक्रमण भएरनभएको बारे थाहा पाउन आरडीटी गरिएको र परीक्षण नतिजा नेगेटिभ आएको गाउँपालिकाका अधिकारीहरुले जानकारी दिएका छन्।ज्यान गुमाएका यादवमा कोरोना संक्रमणको लक्षण देखिएकाले उनको परिवारका सबै सदस्यको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया