प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जनासहित ३० जनामा संक्रमण पुष्टि

समाचार

       

जनकपुरधाम, २० साउन । प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जनासहित धनुषामा ३० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

जनकपुरधामको प्रादेशिक अस्पतालमा गरिएको परीक्षणको क्रममा मुख्यमन्त्री कार्यालयका एक जना अधिकृत, एक जना ट्राफिक प्रहरी, २ सवारी चालक र दुई जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जनासहित ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

संक्रमितहरू चिकित्सकहरूको सल्लाहमा घरमै सेल्फ क्वारेन्टिनमा बसिरहेका छन् । संक्रमितहरूको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङको आधार पत्ता लगाउने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया