जलेश्वरमा थप ३० कोरोना संक्रमित

समाचार

       

महोत्तरी, २० साउन । महोत्तरीमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जलेश्वर नगरपालिकाका कर्मचारीसहित महोत्तरीमा ३० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।

योसँगै महोत्तरीमा कोरोना संक्रमितको संख्या ९०१ पुगेको छ ।

संक्रमित हुनेहरुमा जलेश्वरनगरपालिकाका २७ जना , लोहारपटी नगरपालिकाका १ जना, रणभिम गण प्रकौलीका १ जना नेपाली सेना र भंगहा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गिरेन्द्र झाले जानकारी दिए ।

जलेश्वर नगरपालिका क्षेत्रका ५३ जनाको स्वाब संकलन गरेर पठाइएकोमा २७ जनाको रिपोर्ट पोजेटिभ आएको सूचना अधिकारी झाले बताए ।

तपाईको प्रतिक्रिया