एनआईसी एसिया ग्रोथ फण्डको १२% सेयर मूल्य समायोजन

अर्थ/वाणिज्य

       

काठमाडौं, २६ भाद्र । एनआईसी एसिया ग्रोथ फण्डको सेयर मूल्य समायोजन भएको छ । उक्त फण्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का अनुसार फण्डले साताको अन्तिम कारोबार दिन बिहीबार १२% नगद लाभांश दिने गरी प्रतियुनिट सेयर मूल्य ९ रुपैयाँ ९९ पैसा कायम गरेको हो ।

पछिल्लो पटक प्रतियुनिट ११ रुपैयाँ १९ पैसामा सेयर कारोबार भएको फण्डको स्टकमा भने प्रतियुनिट १० रुपैयाँ अंकित मूल्य कायम रहेको ८३ करोड ५२ लाख रुपैयाँबराबरको आठ करोड ३५ लाख २० हजार युनिट सेयर सूचीकृत रहेको छ ।

फण्डको बजार पुँजीकरण भने ९३ करोड ४५ लाख ८८ हजार आठ सय रुपैयाँ रहेको छ । यसअघि नेप्सेको नियमित कारोबार कक्ष ११ बजेदेखि ३ बजेसम्म खुल्ला हुने भएपनि यसदिन भने नेप्सेको व्यवस्थापन प्रणाल्रीमा समस्या आएको भन्दै नेप्से अपरान्ह दुई बजेर १५ मिनेटपछि मात्र खुल्ला भएको छ ।

सोहीकारण नेप्से यसदिन साँझ पाँच बजेसम्म खुल्ला रहेको थियो ।

तपाईको प्रतिक्रिया