एनआईसी एसिया बैंकद्वारा क्वीज योजना

अर्थ/वाणिज्य

       

काठमाडौं, २६ भाद्र । एनआईसी एसिया बैंकले आकर्षक पुरस्कारले भरिपूर्ण क्वीज योजना सुरु गरेको छ ।

बैंकका अनुसार ग्राहक र अन्य व्यक्तिहरुले एनआईसी एसियाको भाइबर कम्युनिटीमार्फत सोधिने प्रश्नको सही जवाफ दिई यो योजनामा सहभागी हुन सक्नेछन् । यसका लागि सहभागीले भदौ २५ देखि असोज १५ सम्म हरेक दुई दिनको अन्तरालमा सोधिने प्रश्नको सही उत्तर सहभागीहरुले दिनुपर्नेछ ।

यसरी सोधिने प्रश्नमा दिइएका चार विकल्पमध्ये सहभागीले आफ्नो सामान्य जानकारीसहित आफूलाई लागेको सही जवाफ दिनुपर्नेछ । सोधिएका प्रश्नमध्ये कुनै एकको मात्रै सही जवाफ दिए पनि विजेता बन्न सकिन्छ र जति धेरै जवाफ दिन सकिन्छ त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुनेसमेत व्यवस्था भएको एनआईसी एसियाको भनाई छ ।

विजेताले रिचार्जरका तर्फबाट स्मार्टफोन र पानासोनिकका तर्फबाट टीभी प्राप्त गर्ने बैंकले जनाएको छ

तपाईको प्रतिक्रिया