नेपालमा हुण्डाई ‘औरा’ सार्वजनिक

अर्थ/वाणिज्य

       

काठमाडौं, २६ भाद्र । नयाँ हुन्डाई ‘औरा’ नेपालमा पनि सावजनिक भएको छ ।

नेपालको लागि हुण्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ हुण्डाई औरा नेपालमा सार्वजनिक गरेको छ । स्टाइलिस सेडान आफ्नो सेगमेंटमा सबैभन्दा शक्तीशाली र सुविधायुक्त ट्रेन्डसेटरका साथ नेपालमा लन्च गरिएको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रूपेश शर्माले सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् र यहि समयमा बजारलाई एकस्टाइलिश, विलासी र आरामदायी सेडान प्रदान गर्नु हुण्डाइको लागि अटोमोबाइल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्न सही कदम हुने बताए । “यस ब्रान्डले ग्राहकबाट उल्लेखनीय प्रशंसा प्राप्त गर्नको लागी सक्षम भएको छ र नयाँ हुण्डाई औराले पनि यस लेगसीलाई जारी राख्नेछ” उनले भने ।

यो गाडीको डिजाइन एक उत्कृष्ट नमुना बनेको भन्दै कम्पनीले आधुनिक र प्रभावशाली डिजाईनको साथै हुण्डाईको उत्कृष्ट डिजाईन भाषा ’सेन्सियस स्पोर्टनेस’ मा बनेको जनाएको छ । नयाँ धेरै विशेषता बोकेको यो कारको ट्रंक कभरमा रहेको क्रोम स्ट्रिपको गार्निश र ग्लोसी कालो ¥यापले यसलाई आफ्नो सेग्मेन्तको सबैभन्दा स्टाइलिस सेडान बनाएको कम्पनीले जनाएको छ ।

हुण्डाई औरा एस भेरियन्टको १.२ पेट्रोल इन्जीनको १ हजार १ सय ९७ सीसीमा मात्र उपलब्ध हुने जनाइएको छ । विभिन्न कलर भेरियन्ट रहेको यो कारको सुरुवाती मुल्य ३३ लाख ९६ हजजार रहेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया