कामना बैंकको अनलाइन खाता खोल्ने सुविधा

अर्थ/वाणिज्य

       

काठमाडौं, २८ भाद्र । कामना सेवा विकास बैंकले घरमै बसेर अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

उक्त बैंकले भाइबर वा फेसबुक मेसेन्जरजस्ता सामाजिक सञ्जालका माध्यमद्वारा खाता खोल्ने, केवाइसी अपडेट गर्ने तथा चेकबुक र डेबिट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउनेजस्ता कार्यहरु सजिलै गर्न सक्ने सुविधा दिएको छ । बैंकका अध्यक्ष सुदीप आचार्यले फेसबुक लाइभका माध्यमबाट आज यो सुविधाको सुरुवात गरेका हुन् ।

यी सुविधाहरु भाइबरका माध्यमबाट प्राप्त गर्न ग्राहकले बैंकले प्रदान गरेको क्युआर कोड रक्यान गर्नुपर्ने जनाएको छ । त्यस्तै फेसबुकको माध्यमबाट यी सुविधाहरु प्राप्त गर्नका लागि बैंकको फेसबुक पेज सर्च गरी केसेज पठाउनुपर्ने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया