बलेवामा ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

अर्थ/वाणिज्य

       

काठमाडौं, ३० भाद्र । ग्लोबल आईएमई बैंकले बाग्लुङको बलेवामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बाग्लुङ नगरपालिका–१४, बलेवा–नारायणस्थानमा एक्सटेन्सन काउन्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ४३ पुगेको छ ।

एक्सटेन्सन काउन्टरको उद्घाटन बाग्लुङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले गरे । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

उक्त बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखासहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २१९ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्र्पक कार्यालयमार्फत आफ्ना २० लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया