एनआइसी एसियाको सेयर धितो कर्जा

अर्थ/वाणिज्य

       

काठमाडौं, ३० भाद्र । एनआइसी एसिया बैंकले सेयर धितो कर्जा सञलनमा ल्याएको छ ।

उक्त बैंकले वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा योजना ल्याएको हो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सेयर धितो राखेर सेयरको १२० दिनको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत न्यूनतम एक करोडदेखि अधिकतम १५ करोडसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस अन्तर्गत ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया