कोभिड–१९ विरुद्ध लड्न भारत सरकारले दियो दुई हजार भाइल रेमडेसिभिर

समाचार

       

काठमाडौं, ३० भाद्र । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाल सरकारलाई छिमेकी मित्रराष्ट्र भारत सरकारले दुई हजार भाइल रेमडेसिभिर उपहारस्वरुप प्रदान गरेको छ ।

भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार दुई हजार भाइल रेमडेसिभिर औषधी हस्तान्तरण गरेका छन् ।

कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधी हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।

यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, जेष्ठ ४ गते कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर) र श्रावण २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरिसकेको छ ।

निकटतम् मित्र तथा छिमेकीको हैसियतले यस महामारी विरुद्धको लडाईमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको जनाएको छ ।
अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधी हो ।
चिकित्सा अध्ययनका अनुसार यो औषधीको प्रयोगले बिरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पुर्याउँछ ।

तपाईको प्रतिक्रिया