नेपालमा तेजाब आक्रमणविरुद्ध कानुनका लागि अमिताभले उज्ज्वललाई दिए बधाई

समाचार

       

काठमाडौं, ३० भाद्र । नेपाल सरकारले तेजाब आक्रमणविरुद्धको विधेयक अगाडि बढाउने तयारी गरेका बेला बलिउड अभिनेता अमिताभ बच्चनले स्वागत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि मात्र तेजाव आक्रमणविरुद्धको कडा कानुन बनाउने गरी काम थाल्न निर्देशन दिएका थिए ।

सो खबर आएपछि बच्चनले सामाजिक अभियन्ता उज्ज्वल थापालाई ट्विटरमार्फत बधाई दिएका छन् ।

उनले लेखेका छन्, ‘उज्जवल थापा ! राम्रो काम ग¥यौ । पूर्व सेरउडियनका विद्यार्थीसमेत रहेका तिम्रो एसिड पीडितहरूको समस्यालाई उजागर गर्ने मेहेनत साँच्चै सार्थक मोडमा पुगेको छ । तिमीले सेरउड कलेजलाई मात्र होइन, आफ्नो देश नेपाललाई पनि गर्वको अनुभूति गरायौ । हार्दिक बधाई । राम्रो कामलाई निरन्तरता देउ ।’ अमितभ पनि सेरउडका कलेजका पूर्वविद्यार्थी हुन् ।

तपाईको प्रतिक्रिया