विराटनगरमा कोरोना संक्रमितको मृत्यु

समाचार

       

विराटनगर, ३१ भाद्र । मोरङ जिल्लामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मंगलबार राति मृत्यु भएको हो ।

मोरङमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

बेलबारी–९ बाहुनीकी ६४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । पित्तथैलीको शल्यक्रियाका लागि आएकी उनको सोमबार स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा मंगलबार पोजिटिभ रिपोर्ट आएको थियो ।

तपाईको प्रतिक्रिया