कोरोनाबाट सप्तरीका एक जनाको मृत्यु

समाचार

       

सप्तरी, ३१ भाद्र । सप्तरीका कोरोना संक्रमित एक ३५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ ।

सप्तरीको खडक नगरपालिका–३ का पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक संक्रमित उच्च रक्तचापसँगै मृगौलाको समस्याबाट पनि पीडित थिए । उनी एक वर्षदेखि सातामा दुईपटक डायलसिस गराउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया