सिटिजन्स बैंकले ल्यायो ‘स्क्यान एण्ड विथ ड्र’ सेवा

अर्थ/वाणिज्य

       

काठमाण्डौ, ३१ भाद्र । सिटिजन्स बैंकले स्क्यान एण्ड विथ ड्र सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त बैंकका अनुसार विश्वको अधिकांश मुलुकहरु कोरोना भाइरसको माहामारीबाट आक्रान्त बनेको अवस्थामा आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ स्क्यान र विथ ड्र सेवाको सुरुवात गरेको हो ।

स्क्यान एण्ड विथ ड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने बैंकले जानकारी दिएको छ । बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ र निकट भविष्यमा नै यस सेवालाई देशभरका अन्य शाखाहरुबाट समेत प्रवाह गर्ने उद्देश्यकासाथ कार्यारम्भ भइसकेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।

यसको प्रयोग सँगै कर्मचारी र ग्राहकको सम्पर्क घट्ने हुँदा संक्रमणको जोखिम न्यून हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकले देशैभरी फैलिएका आफ्ना ११० वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया