सुस्तामा डुङ्गा डुब्दा एक भारतीय कामदार बेपत्ता

समाचार

रबिन्द्र यादव

       

नवलपरासी, ३१ भाद्र । नवलपरासी पश्चिमको नारायणी नदीमा डुङ्गा डुबेर एक पुरुष बेपत्ता भएका छन् ।

सुस्ता गाउँपालिका वडा नं. ५ ठाडीघाटबाट नदि पारी सुस्ताका लागी इट्टा बोकेर जाँदै गरेको डुङ्गा नारायणी नदीमा डुबेपछि डुङ्गामा काम गर्ने एक व्यक्ति नदीमा डुबेर बेपत्ता भएका हुन् ।

प्रहरीका अनुसार डुङ्गामा ७ जना काम गर्ने ब्यक्तिहरु रहेका थिए । ६ जना आफै पौडी खेलेर निस्केका छन् ।

नारायणी नदीमा डुबेर बेपत्ता भएका व्यक्तिको खोजी कार्य भइरहेको र बेपत्ता भएका व्यक्ति भारतीय नागरिक अन्दाजी वर्ष ३२ को पुरुष रहेको र उनको थप पहिचान नखुलेको र खोजी कार्य भइरहेको प्रहरी चौकी रामनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया