रोगी, भोगी र भोकको ताण्डव (विचार)

विचार/दृष्टिकोण

       

मौसमी कुशवाहा

रोगी नेपाल, भोगी सरकारको चलखेल र भोकाएको जनताहरुको जलेको उम्लेको पेट छोडेर मेरो दृष्टि र दिमाग मात्र कलम समात्न मान्छ । नेपाल धेरै कुुराले सम्पन्न नभए पनि धार्मिक, जातीय विभेदता, रोगी, भोगी र भोकले परिपूूर्ण, सम्पन्न र समृद्ध हो भनौँ । वर्तमान समयलाई मध्यनजर गर्ने हो भने नेपाल लगायत सारा विश्व कोभिड–१९ को विषम प्रभावले बल्झिएको छ ।

मानिसहरुको मूूल्य किरा फटयाङग्रा जति पनि रहेन । चीनबाट इटली, अमेरिका, भारत, नेपाल लगायत अरु पनि कति राष्ट्रहरु छन् जुुन अहिले पनि यो विश्व माहामारीबाट जुुझेको छ । चैत्र ११ देखि भएको बन्दाबज्दी अहिले असोजको अन्तयसम्म पनि नखुुलेर नेपालको जनजीवनको अवस्था दिनानुुदिन भयाभह बन्दै गएको छ । देशमा काम र मामको अभावमा मानिसहरु आहत भएका छन् ।

नेपाली उखान “ताक परे तिवारी नत्र गोेतामे” भन्ने भनाई यहाँ चरितार्थ भएको छ । जब राष्ट्र लगायत सारा नागरिक महामारीमा छन् तब औठे छाप नेताहरुलाई सेवा, सुुविधा र सुुरक्षाको साट्टो आफ्नो पेट र प्याकेट भर्नमा व्यस्त । हालको समयमा राष्ट्र तीन तहमा विभाजित छन् । एक रोगी नेपाल, दोस्रो भोगी सरकार र तेस्रो भोको जनता ।

यी तिनैको ताण्डव दिनरात नेपालमा भएको देखिराखेको छ । म आज भोली “कमेडी सो” हास्य कार्यक्रम नै हेर्न छोडि सकेछुु । हाम्रो देशमा जुुन राजनीतिक गतिविधि छ त्यो हेर्दा कमेडी सो पनि उराठलाग्दो भइसकेको छ । आर्थिक स्वास्थ्य, धार्मिक, राजनीतिक, शौक्षिक लगायत विकासका पाँचै पूूर्वधारहरु रातदिन भ्याईनभ्याई आफ्नो आरिङ्ले चालका जुन योजनाहरु छन् त्यो सफल पार्नमा व्यस्त छन् । भोकाएको र बहुुलाएको कुुकुुरले ¥याल जसरी चुुहाउँछ त्यसरी सत्ता र कुुर्सीमा बसेको सत्ताधारीले ¥याल चुुहाएका छ । धर्मको नाममा सुुरक्षाकर्मी कुुटाएका छन् । दङ्गा भएको छ । स्वास्थ्यको नाममा करोडौँ करोड घोटाला भएको छ । कृषिको नाममा घोटाला हरेक क्षेत्रमा मात्रा आफ्नो पकेट र पेटको चिन्ता मात्र रहेको छ ।

भोजपुुरी भाषामा एउटा भनाई छ “चिरैई के जान जाए, लईका के खेलौना” भने झै आज नेपाली जनताको हाल भएको छ । जनता आफ्नो ज्यानको लागि भिख माग्दै छ यता सरकार आफ्नो कुुुर्सीबाट पिलपिलाएको जनताको मृत्यु ुलीला हेर्दैमा व्यस्त ।जल्दोबल्दो उदाहरण; सुरुमा १५००० रुपैयाँमा पीसीआर हाल २००० रुपैयाँ मा गर्ने भएको छन् । रातारात यस्तो के चमत्कार भयो की ह्वातै त्यति मूल्य घट्यो । लुटन पनि कति लुटेको स्वास्थ्य व्यवसायीहरुले । प्रदेश २ को सरकारले पाएको बजेटबाट ४ करोड भोज भतेर मै स्वाहा ! हैन, भोजभतेमा नि कति खाने गर्छ ? यी भोकाहाहरुको कत्रो पेट कहिल्यै नभरिने ।

नेपाली नागरिक केन्द्र र प्रदेश सरकार लगायत स्थानीय निकायले मात्र लुट मचाउनमा ध्यानाकर्षण देखियो । प्रदेश २ को सिराहा नगरपालिकामा १११ थान तकिया खोलको मूल्य ३,१९,२७५ पर्ने भएको छ । एउटा तकिया खोलको मूल्य रु २८७६ परेको छ । अब बिचार गरौँ हिरामोति नै जरेको छ कि के होला त्यो बिरामीको लागि किनेको तकियाको खोलमा कि २ हजार ८ सय ७६ मूल्य परेछ । त्यसतै ५११ तन्नाको ४५,०३,६१८ परेको छ । प्रति तन्नाको मूल्य ८ हजार ६१ परेको छ । कस्तो खालको तन्ना ? रेश्मी सुन जरेकै तन्ना कोरनटाईमा दिएको हो कि ? यति पनि लाज कसरी पचाएको स्थानीय सरकारले । अलिकति पनि न लाज नभएका निल्र्लजहरुको कर्तुत लेख्न मेरो कलमलाई पनि लाज भयो ।

नेपाली नागरिक खाडि मुलुकहरुमा ६ महिनैदेखि काम नपाएर विजोग भएका छन् । खानको लागि पनि पैसा नभएको अवस्थामा स्वदेश फर्काउनुको साट्टो नेपाली दुतावासले हामी केहि गर्न सक्दैनौ भन्ने जवाफ फर्काएका छन् । केहि चलखेल पछि नेपाल सरकारले ७०० रुपैयाँ पर्ने हवाई भाडालाई तिन दोब्बर रु २७०० मा फर्काएका छन् । यता अष्टे«लियाबाट प्रति उडान १० लाख कमिसन खाएको छ । यस्ता सरकारसँग कस्तो आशा राख्ने हामी नेपाली जनता ?

टेलिभिजन, रेडियोदेखि हरेक टेलिफोन कलमा ३ ओटा उपाए प्रचार गर्दै आएका छन् । यी ३ उपाय २ मीटरको दूुरी, भीडमा मास्क र बेलाबेलामा साबुुन पानीले हात धुुईरहने यी सरल उपायले कोरोना सर्दैन । नेपालमा ३६ लाख गरिखाने नेपालीले चैत्र ११ देखि काम गरेको छैन । उनीहरुको आम्दानी बन्द भएको छ । कति कर्मचारीले १÷२ महिनाको तलब पाएको छ भने अरु सामान्यजनता भोकभोकै छन् । महिनौ देखिको बन्दाबन्दी र निषेधाज्ञाले घरभाडामा बस्ने नागरिकहरु सबैभन्दा बढी मर्कामा परेको छन् ।

लाखौँ विद्यार्थी, व्यावसायीहरु घरको, बैँकको, बिजुुली लगायत अनेकौँ सरकारी कार्यालयको कर ब्याज तिर्न आहत भएका छन् । पेटमा खाना पाएको छैन । सरकारको साहूूको ब्याज कहाबाट तिर्ने ? प्रधानमन्त्रीले धनी हुुनको लागि कमाउने हो, भात खुुवाउने जिम्मेदारी हाम्रो छ भन्ने कुुरा संसदमा भने पनि त्यो भनाईको कुुनै अर्थ आज देखिएको छैन् । बन्दाबन्दीको सुुरुसुुरुमा स्थानीय तहले केहि राहत वितरण गरे पछि अहिले दोहो¥याएर मुुख नदेखाउने सरकार आखिर कहिलेसम्म यो निषेधाज्ञा ? कहिलेसम्म नेपाली जनतालाई भोकभाकै मार्ने ? यो प्रश्नको जवाफ कोही सँग छैन् ।

जनताले आफ्नो ब्याधा कोहीसँग भन्न नसक्ने, बिरामीले उपचार बिना मृत्युुवरण हुुनुुपर्ने, भोक लागेको आवाज पनि घरको भित्ता छेडेर बाहिर नआउनुु पर्ने, कसैलाई केही भन्नुु पनि नपर्ने यस्ता संवेदशील संरचनामा जीवन बिताइ रहेको नेपाली भोको जनताको चित्कार नसुन्ने सरकार आखिर कहिलेसम्म यो भोक र मृत्युुको ताण्डव ? सरकारी कर्मचारी, सभासद नेतादेखि राष्ट्रपति, प्रधानमन्त्रीको तलब, भत्ता केही नरोकिएको कारण आजसम्म कानमा तेल हालेर घोडा जस्तो सरकार सुुतेका छन् । निषेधाज्ञा नलाए पनि कोराना नियन्त्रण गर्ने अनेकौ उपाए भए पनि सरकारसँग चितुुवाको चाल र संरचना भए पनि क्रियाशिलता शङ्खेकिरा जस्तो !

हाम्रो सोच यति उन्नतखालको छ “जो पढ्न सकेन वा कम पढ्यो, जीवनमा सफता प्राप्त गर्न सकेन भने त्यो शिक्षक र नेता बन्ने” बिडम्बना जो सम्पूूर्ण राष्ट्रलाई, जनतालाई अँध्यारोबाट उज्यालो र उन्नतीको बाटोमा लम्काउँछ वा सुुनौँलो बिहानी देखाउँछ त्यहि पंगुु जो सम्पूर्ण राष्ट्रलाई उन्नति प्रगतिको मार्गमा डो¥याउँछ । देशको सम्पूूर्ण जनताको कमरेड हो ।

त्यहि अशिक्षित अपाङ्ग सोच, बुद्धि भएको जो हाम्रो राष्ट्र कै अभिभावक सम्पूूर्ण जनताको जिम्मेवारी लिएको छ त्यहि पंगुु हो, यो भन्दा ठूूलो अभिशाप, लज्जायुुक्त कुुरा ठूूलो दुुर्भाग्य भन्दा अरु कुुरा के छ । त्यो राष्ट्रको कस्तो भविष्य रहला ? दुुःखको कुुरा यस्ता पंङुुहरुको हातमा राष्ट्रको बागडोर समात्न पुुगेका छन् ।

जो आफै शिक्षाको प्रकाशबाट बञ्चित छ त्यो के जनतालाई उज्यालो भविष्य र सुुनौँलो बिहानी हेराउँला ? राष्ट्रको जुुन राजनीतिक खेलको धरातल छ त्यो खेलको खेलाडी र खेल्ने गोटि समय अनुसार समान नैै रहिरह्यो । जबसम्म खेलाडी र गोटि बदिल्दैन तबसम्म यो ताण्डव भई नै रहन्छ । हामी नेपालीहरुको ठूलो समस्या कोही सँग प्रश्न नै न गर्नुु हो । कोही एक दुुई–जनाले गरे पनि सबभन्दा पहिले आफ्नै आफन्त हुन्छ । चुुप गराएको हुुन्छ हप्काएको हुुन्छ ।

वर्तमान समयमा सम्पूूर्ण संसार यो कोराना भाइरसको आतङ्कले खलबलिएको छ । अहिले सम्म कुनै भ्याक्सिन बन्न सकेको छैन् । तर एक न एक दिन भ्याक्सिन आउँछ नै र कोरोना भाग्छ नै । तर जुन भाइरस हाम्रो सोचमा छ दुुई जिब्रे मुुखौटाधारीहरुको मस्तिष्क मै पुुस्तौदेखि, युुगौदेखि जरो गाडेर बसेछ, त्यो भाईरसको अन्त्य कहिले ? कहिलेसम्म उस्को आतङ्कको शिकार हामी हुुने ? हामी र हाम्रो देश कहिले निरोगी हुुने ? सरकारको कुुपोषित सोचको शिकार हुनबाट हामी कहिले स्वस्थ्य हुुने ? को देला यो प्रश्नहरुको जवाफ ? कि अन्त्यमा हेपटाईटिस बि जस्तै यो कोरोना जस्तै हामी दैनिक जीवनसँगै समायोजन भई डर, लाज, पचाएरै जीवन बिताउने छौँ ?

तपाईको प्रतिक्रिया