अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबीच सम्झौता

अर्थ/वाणिज्य

       

काठमाडौं, २३ असोज । आइएमईग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले माछापुच्छ्रे बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यसै अनुरुप बैंकको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका डोस्ट मोडेलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिनाधितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिसतसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।

यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्षसम्मका लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियमभित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।

अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले माछापुच्छ«े बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए ।

कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा ब्राण्ड अवेयरनेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।

तपाईको प्रतिक्रिया