नेपाल र चीन सीमाबारे सत्यतथ्य सार्वजनिक गरियोस् : भीम रावल

राजनीति

       

काठमाडौं, २७ असोज । नेकपाका नेता भीम रावलले नेपाल र चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेपाल र चीन सीमाको वास्तविकता सार्वजनिक गर्न माग राखेका हुन् ।

हुम्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल र चीनको सीमा सम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारी सामेल टोलीद्वारा स्थलगत अध्ययन गर्न समेत उनले माग गरेका छन् । देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउनुपर्ने उनको भनाई छ । ‘हुम्लाको नाम्खा गा.पा., लिमी लोलुङजङमा नेपाल र चीनको सीमा सम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस्’, उनले ट्वीटरमा लेखेका छन्, ‘देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाइयोस् ।’

तपाईको प्रतिक्रिया