पर्सा मालपोतमा प्रशासनको छापा

समाचार

       

वीगरञ्ज, ३० असोज । मालपोत कार्यालय पर्सामा जिल्ला प्रशासन कार्यालयसहितको टोलीले छापा मारेको छ । कार्यालय समय बितिसक्दा पनि राति अबेरसम्म काम गर्दै आएको अवस्थामा प्रहरीसहित पुगेको टोलीले छापा मारी मालपोत कार्यालय पर्साका निमित्त प्रमुख सहित १५ जनालाई नियन्त्रणमा लिएको छ ।

सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले छापा मारी निमित्त प्रमुख सुमन झासहित केही कर्मचारी तथा जग्गा दलालहरु गरी १५ जनालाई नियन्त्रणमा लिएको हो । टोलीले झासहित ६ जना कर्मचारी र ८ जना अन्य जग्गा दलाललाई कार्यालयमै नियन्त्रणमा लिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

राति ८ बजे सम्म कार्यालयमा बसेर काम गरेको हुनाले रातको समयमा भएको कामको बारेमा छापा मार्न गएको टोलीले कार्यालय प्रमुखसहित कर्मचारीसँग सनाखत समेत गराइएको थियो ।

कार्यालयका केही कागजात पनि टोलीले नियन्त्रणमा लिएको छ । उनीहरुको सम्बन्धमा अनुसन्धान भइरहेको तथा विस्तृत विवरण आइनसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया